मुख्य खबर

भोली सोमबार ३ घण्टा लामो चन्द्रग्रहण लाग्ने, ग्रहणको समय गर्नै नहुने कार्यहरु के के ?

काठमाडौं, २९ असार । नेपालमा हिन्दु धर्मग्रन्थ अनुसार चन्द्रग्रहणलाई विशेष महत्वका साथ हेरिने भए पनि यसको मान्यता भने धेरै किसिमको पाइएको छ । भोलि लाग्ने चन्द्रग्रण भोलि सोमबार राती सवा १ बजोबाट शुरु भएर पर्सि मंगलबार सवा ४ बजे सम्म लाग्नेछ । हिन्दु पञ्चाङ्ग अनुसार आषाढ शुक्ल पूर्णिमाको उत्तरषाढा नक्षत्रमा चन्द्रग्रहण लाग्नेछ । चन्द्रग्रहणको समयमा विभिन्न किसिमका नकारात्मक तथा हानिकारक किरणको प्रभाव रहन्छ भन्ने हिन्दु धर्मवालम्वीहरुको विश्वास रहेको छ । भोली लाग्ने चन्द्र ग्रहण ३ घण्टाको हुनेछ र यो खण्डग्रास चन्द्रग्रहण हो भन्ने विज्ञहरुको भनाई छ ।
चन्द्रग्रहणको समयमा गर्भवती महिला, बृद्धबृद्धा, नवजात शिशुहरु अनि केटाकेटीहरुका लागि स्वास्थ्यको हिसाबले एकदम महत्वपूर्ण मानिन्छ र यसको संभावित नकरात्मक प्रभावबाट बच्नको लागी सनातन धर्मसंस्कार अनुसार विभिन्न प्रकारका पुजाअर्चना गर्ने चलन निकै पुराने रहेको छ । यो खण्डग्रास ग्रहणलाई खगोलशास्त्र र सनातन संस्कारमा निकै महत्वपूर्ण मानिएको छ ।
हिन्दु धर्म शास्त्रमा उल्लेख गरिएको पौराणीक कथा अनुसार समुन्द्र मन्थनको समयमा मोहीनीको रुप धारण गरेर विष्णुदेवले असुरहरुलाई अमृतपान गर्नबाट झुक्याएका थिए तर यी कुरा चाल पाएर राहु र केतुले छलेर देवहरुको पंक्तीमा बसेर अमृत सेवन गरेका थिए भन्ने कुरा उल्लेख भएको छ । यसरी छल गरेर सेवन गरेको अमृतको प्रभावको कारण राहु र केतुलाई विष्णुको सुदर्शन चक्रले मार्न नसकेपछि उनिहरु उत्तरी र दक्षिणी गोलार्धमा ताराका रुपमा अझैसम्म रहि रहेको धर्म शास्त्रमा उल्लेख छ ।
त्यसैले ग्रहणको समयमा सूर्य, चन्द्र र पृथ्वी एकै साथ रहेका समयमा राहु र केतुको पनि प्रत्यक्ष प्रभाव पर्ने भएकोले शिवको स्तोत्र गर्नुपर्ने । ग्रहण लाग्न अगाडीनै ब्रत बस्नुपर्ने, ग्रहणको समयमा गर्भवती महिला र स्वास्थ्य कमजोर भएकाहरुलाई कुशको घाँसमा बस्न लगाइने प्रचलन छ । जसको कारण ग्रहणको समयमा नकरात्मक विकिरणहरु आउन नपाउने विककिरणलाई प्रतिविम्वीत गर्ने कुरालाई विज्ञानले पनि प्रमाणीत गरि सकेको छ । त्यसैले ग्रहण पछि नुहाउने र दानपुण्य गरेर ग्रहण पखाल्ने भन्ने चलन छ जस कारण ग्रहणले हाम्रा स्वास्थ्यमा रहेको समस्यालाई पनि सँगै लिएर जाखोस भन्ने मान्यता रहेको छ ।
केही कुराहरु छन् ग्रहणको समयमा गर्न नहुने भन्ने कुराहरु । ग्रहणको समयमा केही पनि खानेकुराहरु पकाएर खान नहुने, ग्रहणको समयमा केही कार्यहरु गर्न नहुने, ग्रहणको समयमा नराम्रा वायू या उर्जाहरु प्रवाह भैरहने भएकाले यी कुराहरुबाट बच्न बाहिर हिँडडुल नगरी भित्र बस्नुपर्ने, सियो धागो नचलाउने, घरमा प्रयोग गरिने धारिलो हात हतियारलाई आफु देखि टाढा राख्ने त्यो हातहतियार नचलाउने, बच्चाहरुलाई स्तनपान नगराउने जस्ता कुराहरु ग्रहणको समयमा नगर्नु भन्ने कुरा उल्लेख भएको पाइन्छ ।

सम्बन्धित समाचार शीर्षकहरु