मुख्य खबर

फिल्म निर्माणको ‘ब्याकबोन’ हो प्रोडक्शन म्यानेजर–अरुण रेग्मी

काठमाडौं, ११ भदौं ।  जानी नजानी कला क्षेत्रमा प्रवेश गरेका व्यक्ति हुन् अरुण रेग्मी । रंगमञ्चदेखि टेलिफिल्म, फिल्म हुँदै प्रोडक्शन म्यानेजरसम्मको यात्रा तय गरेका छन् उनले । रजतपटको चल्तिका प्रोडक्शन म्यानेजर हुन् । निरन्तरको मेहनत र काम प्रतिको लगावले नै उनी हाल यो स्थानसम्म पुगेका हुन् । उनले ३५ भन्दा बढी नाटक, २० भन्दा बढी फिल्म, १५ भन्दा बढी टेलिफिल्म तथा १०० भन्दा बढी फिल्महरुमा प्रोडक्शन म्यानेजरको काम सम्हालिसकेका छन् । कसरी आइपुगे त अरुण फिल्म क्षेत्रमा ?

उनको जन्म ग्रामिण मध्यम वर्गीय परिवारमा उदयपुर जिल्लामा भयो । उनको परिवार कृषि व्यवशायमा आवद्ध थिए । अध्यनको लागि उनलाई अविभावकले राजधानीमा बसोवास गर्ने व्यवस्था मिलाइदिएका थिए । उनलाई कला क्षेत्रमा प्रवेश गर्छु जस्तो लागेको थिएन । विद्यालयमा हुने स्टेज शो मा उनले आफ्नो प्रस्तुती दिने गर्दथे । सन्तोष पन्तको अभिनय पर्दामा हेरेर त्यही नक्कल गर्दै साथिहरुलाई देखाउँथे । उनको अभिनय देखेर साथीहरुले प्रशंसा गर्ने गर्दथे । जसले उनलाई हौशला मिल्ने गर्दथ्यो । आफूले अभिनय गर्छु भनेर उनले सन्तोष पन्तलाई चिठी समेत लेखेका थिए ।
रंगमञ्चमा प्रवेश


एसएलसी पछिको फुर्सदको समयमा के गर्ने भनेर बसिरहेका थिए । त्यतिवेला शहरका भित्तामा पोष्टर टाँसिन्थ्यो, कलाकारको आवश्यकता । पोष्टरको सूचना पछ्याउँदै उनी अरुणिमा फिल्म प्रोडक्शन पुगे । २०४७ सालमा ३०० रुपियाँमा आवेदन फर्म भरे र अरुणिमा फिल्मको कलाकारको रुपमा अनुबन्ध भए । त्यहीबाट उनले नाटकमा अभिनय गर्दै कलाकारितामा पाइला चाले । नाटकमा अभिनय गर्दा गर्दै उनलाई कलाकारको पहिचान दिलायो । उनको माग बढ्न थाल्यो । फरक–फरक क्यारेक्टरमा एकै दिनमा २–३ शोजहरु पनि गर्न थाले । २०५१÷५२ सालतिर एक नाटकको लागि एक महिना अभ्यास गर्नुपथ्र्यो भने एक शो बाट रु ५०० पारिश्रमिक प्राप्त गर्थे । त्यतिबेला नाटकको क्रेज लोभलाग्दो थियो । ‘अहिले त नाटक हेर्न २–३ सय दर्शक हुन्छन्, त्यतिवेला त कम्तिमा पनि हजार–पन्ध्र सय दर्शक हुन्थे’ उनी स्मरण गर्छन । अरुणले अहिले पनि मिलेसम्म नाटक हेर्न छुटाउँदैनन् । त्यस समयको चर्चित नाटक ‘जुकाको अदालत’ लगायतका नाटकहरुमा उनले अभिनय गरे ।

नाटक हुँदै टेलिफिल्मका अभिनय तर्फ उनको पाइला बढ्यो । ‘प्रहरी अनुरोध’, ‘टेलिफोन’ लगायतका टेलिफिल्म चर्चित थियो । ‘प्रहरी अनुरोध’ टेलिफिल्ममा उनको नेगेटिभ क्यारेक्टर थियो । तत्कालिन समयमा लामो कपाल हुने केटाहरुलाई प्रहरीले पक्राउ गर्दै कपाल काट्ने अभियान नै चलाएको थियो । लामो कपाललको कारणले कालिमाटीबाट उनी पक्राउ परे । उनले आपूm प्रहरी अनुरोध टेलिफिल्मको कलाकार हुँ भने पनि पत्याएनन् । उनले प्रहरी प्रधान कार्यालयमा सम्पर्क गर्दै प्रहरी हिरासतबाट मुक्त भए । साथी समूहको उक्साहटमा उनले विभिन्न त्रियाकलापहरु गरे । २०४६ सालको दोश्रो जन आन्दोलनका क्रममा उनी प्रहरी हिरासतमा पुगे । आन्दोलनमा सहभागी नहुने शर्तमा रिहा भए ।

फिल्ममा प्रवेश
‘श्री स्वस्थानी’ फिल्मको लागि कलाकार आवश्यक रहेको पोष्टरमा देखिएको विज्ञापनलाई पछ्याउँदै उनी प्रोडक्शन कम्पनी पुगे । त्यहाँ उनले अडिशन दिए र फिल्म युनिटले उनलाई ‘नारद’को भूमिकामा अभिनय गर्ने अवसर दियो । फिल्ममा अभिनय गर्ने क्रममा उनको भेट निर्देशक तुलसी घिमिरेसँग भेट भयो । फिल्म ‘रहर’को लागि तुलसी घिमिरेले कलाकार खोजीरहेको थिए । तेस्रो लिङ्गीको भूमिकाको एक वाक्य बोल्न लगाए, अरुणले अभिनय सहित त्यो काम गरे । उनले फिल्ममा अभिनय गरे र तुलसी घिमिरेसँग सहकार्य बढ्दै गयो । उनले अन्य फिल्महरुमा काम गर्ने अवसर पाउँदै गयो ।

अनि प्रोडक्शन म्यानेजर
उनलाई तुसली घिमिरेले कलाकारीता मात्र नभएर अन्य कामहरु गर्न सुझाए । फिल्मका कामहरु नजिकबाट नियालिरहेका थिए । ‘आफ्नै माताहतमा ४०–५० जना मान्छे, प्रोडक्शन म्यानेजरले जे भन्छ सबैले त्यही गर्ने, निर्देशकसँग सिधा सम्पर्क, अहो !’ विकल्पमा उनले प्रोडक्शन म्यानेजर गर्ने सोच बनाए । पहिला उनले स्व.गोपाल भुटानीको असिस्टेन्टको रुपमा कला निर्देशन गरे । पछि ‘वलिदान’ फिल्मबाट असिस्टेन्ट प्रोडक्शन म्यानेजरको रुपमा काम गर्न थाले । फिल्म ‘साइत’बाट उनले प्रोडक्शन म्यानेजरको काम सम्हाले । ब्लक बस्टर फिल्म ‘दर्पण छायाँ’ को प्रोडक्शन म्यानेजर पनि उनैले सम्हालेको थिए । काम गर्दै जाँदा उनी प्रोडक्शन म्यानेजरमै रमाए ।

प्रोडक्शन म्यानेजरकै रुपमा आउने व्यत्तिहरुको भविष्य उज्वल रहेको अरुण बताउँछन् । ‘हाम्रो दिमागमा प्रोडक्शन म्यानेजर भन्ने वित्तिक्कै आलु प्याज किन्ने, सपिङ गर्ने, कलाकारलाई फोन गर्ने मात्रै सम्झन्छन् । त्यो होइन फिल्म बनाउँदा लगभग ५०–६० प्रतिशत भार प्रोडक्शन म्यानेजरको टाउकोमा पर्छ । स्थानीयसँग स्वीकृती लिने देखि सम्पूर्ण टिमलाई नै कतातिर लैजाने त्यो प्रोडक्शन म्यानेजरको टाउकोमा पर्छ । कतिपय ठाँउमा बजेट बढ्नु पनि प्रोडक्शन म्यानेजरको हात हुन्छ । कतिपय ठाँउमा सम्पूर्ण युनिटकै हात हुन्छ । त्यसैले फिल्म उत्पादनको ब्याकबोन हो ।’

शुटिङको समयमा हुन सक्ने अवरोधको व्यवस्थापनको काम प्रोडश्न म्यानेजरको हो । गाह्रो काम छ नि ? अरुण आफ्नो यसैमा रमाउने बानी परिसकेको र गरिरहँदा गाह्रो नहुने बताउँछन् । फ्लोरमा जानुभन्दा दुई देखी साँढे दुई महिनाको समय प्रि–प्रोडक्शनमा काम गर्नुपर्ने उनी बताउँछन् । कतिपय अवस्थामा म्यूजिकको डमि लिएर शुटिङ गरिन्छ । शुटिङ सकेर फर्कदा गीत नै अर्को बन्ने गरेकोले उनले सकेसम्म हतार नगरी फाइनल सामग्री गुणस्तरीय आउटपुट आउने गरि काममा जाने गरेका बताउँछन् । असिस्टेन्ट प्रोडक्शन म्यानेजर १५ हजार पारिश्रमिक बुझेका उनले हाल एउटा फिल्ममा प्रोडक्शन म्यानेजरको रुपमा काम गरेवापत ४ लाखसम्म पारिश्रमिक बुझ्ने गर्छन् ।

अरुणको तिघ्रामा खरी लगाइदेउ
फिल्म ‘लहना’मा उनी प्रोडक्शन म्यानेजरको रुपमा काम गर्दै थिए । उनलाई निर्देशक तुलसी घिमिरेले मादल बजाउँदै ग्रामिण परिवेशमा गीत गाउँदै मादल बजाउने पात्रमा अभिनय गर्न भने । उनले हुन्छ भने, तर क्यमरा रोल भयो उनले सकेनन् । दीलिप रायमाझी, निरुता सिहं लगायतका कलाकार देखि स्थानीयले समेत यसरि गर्ने भनेर सिकाए । तर उनले सकेनन् । उनको पसिना छुट्यो । फिल्मको शुट अर्को दिन गर्ने भनियो । उनी अभ्यासमा व्यस्त भए । तर, ताल–सुर केही मिल्दैन । उनले २ दिन अभ्यास गर्ने मनशायले दीलिप रायमाझीलाई फकाए । २ दिन काम प¥यो भनेर निर्देशक तुलसी घिमिरेलाई भन्न । दीलिप पनि कामको चापले व्यस्त थिए । दीलिपको प्रस्ताव निर्देशकले माने । उनले अभ्यासको लागि समय पाए । मादलमा अभ्यास नगरि उनले तिघ्रामा मादल बजाए जसरी मादलको अभ्यास गरे । ४–५ दिन पछि फिल्मको शुट निरन्तरता दिइयो । क्यामरा रोल भयो तर उनले मादलको ताल मिलाउनै सकेनन । बाइड शटमा उनको अभिनय र क्लोज शटमा उरुकै हात राखेर चिट गर्दै अभिनय गरियो । उनी हाँस्दै स्मरण गर्छन, सानो भूमिकाको लागि २–३ दिनको अभ्यास र २–३ दिन व्यर्थ भयो ।’ फिल्म यनिटका साथीहरुले भन्ने गर्थे, ‘अरुणको तिघ्रामा खरी लगाइदेउ’ ।

स्वतन्त्र भएर काम गर्ने वातावरण छैन
आउट डोर शुटिङको लागि क्यामरा जता फर्काए पनि स्टुडियो हुन्छ । तर, हामीले इन्डोर शुटिङ गर्ने ठाउँ छैन । फिल्मको लगि चाहिने संरचना छैनन् । पुलिस चौकी छैन, हस्पिटल चाहियो छैन, घरको इन्डोर सिनहरु चाहियो छैन । निजीघरहरु भाडामा पाइन्छ तर, त्यहाँ स्वतन्त्र भएर काम गर्ने वातावरण छैन । भनेजस्तो सिनहरु पाउन सक्दैनौ । उनले भने ।

दुःख लाग्छ
५० को दशकको माध्यबाट प्रोडक्शन म्यानेजरको रुपमा काम थालेका उनले दुई दशक देखि यसैमा सक्रिय छन् । उनले रजतपटको सुरुवाती पुस्ता देखि पछिल्लो पुस्तासम्म काम गरिसकेका छन् । पहिले कलाकार देखि निर्माण युनिटम अनुशासनमा रहने भए पनि पछिल्लो समय कलाकार देखि निर्माण युनिटम अनुशासन नरहेको उनको बुझाई छ । पछिल्लो पुस्ताका कतिपय कलाकारहरुले अग्रज कलाकारहरु नै नचिन्ने कुरा दुःख लाग्ने उनले बताए ।
अभिनय गर्नमै आनन्द आउँछ । पछिल्लो समय प्रोडक्शन म्यानेजर हुँदा कामको प्रेसरले अभिनयमा ध्यान दिने समय मिलाउन सकेका छैनन् । उनले हाल इकयुपमेन्ट हाउस खोलेका छन् ।

छोरा प्रति आसा
अरुणका सुपुत्र अनुभव रेग्मी अहिलेका चल्तिका वाल कलाकार हुन् । घरमा उनका छोराले बलिउड स्टार सलमान खानको अभिनय गरिरहेका हुन्थे । फिल्म ‘दबगं’को ‘हुड हुड दबगं…..’ गीतमा अभिनय गर्दै अनुभव रमाइरहन्थे । यसबाट छोरामा अभिनय भोक रहेको उनलाई थाहा थियो । अरुण ‘भिजा गर्ल’ फिल्ममा प्रोडक्शन म्यानेजरको रुपमा काम गर्दै थिए । जहाँ कला निर्देशकको रुपमा कर्मा थिए । उनले एक वालकलाई यसरी–यसरी गर भन्दै सिकाइरहेका थिए । उनले कर्मालाई भने, ‘मेरो छोरा छ, उसलाई खेलाउन अडिशन लिन्छौ ?’ कर्माले पनि ल्याइदिन भने । कर्माले अभिनय गर्न लगाए अनुभवले अभिनय गरे । ‘भिजा गर्ल’मार्फत अनुभवले रजतपटमा डेब्यू गरे । अनुभवले ‘भिजा गर्ल’ फिल्ममा अभिनय गरिरहँदा विकास राज आचार्यले फिल्म ‘रिदम’ फिल्म बनाउँदै थिए । विकार राज आचार्यले अरुणसँग छोराको अभिनयबारे कुरा गरे । अनुभवले विकार राजको अगाडी अभिनय गरे । उनी फिल्ममा अनुबन्ध भए । ‘रिदम’ पछि विकास राज आचार्यकै अर्को फिल्म ‘नाईँ नभन्नु ल २’ मा पनि अनसभवले मौका पाए । सोही फिल्मबाट अनुभव लाइमलाइटमा आए । छोरा के भइदियोस् जस्तो लाग्छ ? अरुण भन्छन, ‘भोली नम्बर वान नायक बनेस् । फिल्म इण्ड्रस्टी धानोस् भन्ने चाहान्छु । एक–दुई दशक अनुभव भएर इण्ड्रस्टीमा रहोस् ।’
फिल्मी फण्डा । 

सम्बन्धित समाचार शीर्षकहरु