मुख्य खबर

चलचित्र कलाकार संघको नयाँ नेतृत्व


काठमाडौं, १९ भदौं ।  नेपाल चलचित्र कलाकार संघको कार्यसमितिले पूर्णता पाएको छ । संघमा नयाँ नेतृत्व आएको झण्डै ३ महिनापछि बुधबार राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी पूर्ण कार्यसमितिको घोषणा गरिएको हो ।

संघको विधान अनुरुप कार्यसमितिले यसअघि गरेको निर्णयअनुसार संरक्षकमा निर शाह, सल्लाहकारहरुमा बसुन्धरा भुषाल, कृष्ण मल्ल, रमेश बुढाथोकी, मधुकुमार श्रेष्ठ, दिनेश डिसी, कानुनी सल्लाहकारमा शम्भु निरौला, उपाध्यक्षमा मोहन निरौला, सदस्यहरुमा विशाल विष्ट, रामेश्वर बुर्लाकोटी, र नायीका आँचल शर्मा मनोनित भएका छन् । निवर्तमान अध्यक्षमा नवल खड्का रहेका छन् । यस अघि नै निर्णय गरिएपनि पूर्ण कार्यसमितिको घोषणा गर्न र मनोनित सबै जनालाई बधाई तथा स्वागतका लागि औपचारिक कार्यक्रम गरिएको संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।

कार्यसमितिले पूर्णता पाएसँगै पूर्ण बैठक पनि सम्पन्न गर्यो । बैठकले यहि भाद्र २३ गते परेको संघको ३२औं स्थापना दिवसलाई भव्य रुपमा मनाउने र ‘कलाकार र सामाजिक दायीत्व’ विषायक अन्तर्गत छलफल कार्यक्रम संचालन गर्ने निर्णयसमेत गरेको छ ।

कार्यक्रममा निर शाह, बसुन्धरा भुषाल, मधुकुमार श्रेष्ठ, नवल खड्का आँचल शर्माले कलाकार संघको लागि उन्नति प्रगति र सम्वद्र्धनको लागि सबै कलाकार फुटेर होइन एकजुट भएर काम गर्नुपर्ने धारणा राख्दै आफुले सकेको योगदान गर्ने बताए ।

सम्बन्धित समाचार शीर्षकहरु