मुख्य खबर

श्रीकृष्णको शौचालय सफाई अभियान,अभियानले यसरी तान्यो दुनियाँको ध्यान


काठमाडौं । हाँस्यरसको सहायतामा दुनियाँ हसाउने काम गर्दै आएका चर्चित कलाकार श्रीकृष्ण सिंखडाको दैनिकी अचेल पुरै फेरिएको मात्र छैन दुनियाका नजरमा उनको परिचयको दायरा थप फराकिलो बन्दै गरेको छ। फरासिला स्वभाबका श्रीकृष्ण अचेल सार्बजनिक शौचालय सफाई अभियान लिएर केही हप्ता यता बाट पृथक कर्ममा जुटेका छन्। उनी हरेक विहान जुरुक्क उठेर सार्वजनिक विद्यालय, कलेज र अस्पतालहरुको शौचालय सफाईमा जुट्ने गर्छन् । यो नै उनको नित्य कर्म बनेको छ।

हातमा पञ्जा र मुखमा मास्क लगाउँछन्, ब्रस, हर्पिक र फिनेल बोकेर दौडन्छन् । चीया खर्च कटाएर शौचालय सफाईमा खर्चने सिंखडाले काठमाडौं उपत्यकाका सार्वजनिक शैक्षिक संघसंस्थाका सबै शौचालय सफाई अभियान चलाएपछि धेरैको ध्यान उनी माथि परेको छ।

रत्नराज्यलक्ष्मी क्याम्पसबाट उनले शुरु गरेको चर्पी सफाई अभियानले आज बिहान पशुपति मित्र माबि चाबहिलमा तीन घण्टा लगाएर सफाई गर्यो। भदौ ३० गते आदर्श स्कुल भद्रवासमा चर्पी सफाई गर्ने अग्रिम तालिका बनाई सकेका उनको अभियानमा सहभागी हुन आधा दर्जनले चासो राखेका छन्।

सम्बन्धित समाचार शीर्षकहरु