मुख्य खबर

सातै प्रदेशका टिपिकल खाना एकै ठाउँमा


काठमाडौं ।  आईआईएमएस कलेजले दसैं कार्निभल तथा नेपालफुड फेस्टिभलको आयोजना गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा मेलाको आयोजना गरेको हो ।
नेपालीटिपिकलखाना र संस्कृतिको प्रवद्र्धन गर्न मेलाको आयोजागरिएको आईआईएमएस कलेजकासिइओ सविन्द्र महर्जनले जानकारी दिए ।


फेस्टिभलमा सातवटै प्रदेशकाखानाका परिकारलाई मेलामा सहभागी गराइएको थियो । सुदूरपश्चिमको दुप्का, डोटेली सेकुवा र मास पुरी, कर्णालीको मार्सी भात, हिमालको टि–मोम, तराईको घोंगी, पूर्वको एङुबेन, नेवारी खाना, एमरी लगायतका परिकार मेलामा राखिएको थियो ।

फेस्टिभलमा नेपाली संस्कृतिझल्काउने दुर्गा, कुमारी, घिमे, लाखे, मारुनी, कौडा, हुडकेलीनाच प्रस्तुतगरिएको सिइओ सविन्द्र महर्जनले जानकारी दिए ।
भिजिट नेपाल २०२० लाई प्रोमोट गर्ने उद्देश्यले कार्यक्रमको आयोजनागरिएको हो । कलेजले प्रत्येक वर्ष फेस्टिभको आयोजनागर्दै आएको छ ।

सम्बन्धित समाचार शीर्षकहरु