मुख्य खबर

पर्सी बिहानसम्म डरलाग्दो पानी पर्ने भन्दै मौसम विभागले जारी गर्यो यस्तो उर्दी


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बिहीबार विहानसम्म भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रदेश १,२,३ र ५ मा भारी वर्षा भइरहेको र प्रदेश ४ का केही स्थानमा पनि वर्षा भइरहेको विभागले जनाएको छ।

प्रदेश ४ का सबै भुभाग तथा प्रदेश २,३ र ५ का केही भुभागमा मध्यमदेखि भारी वर्षा हुन सक्ने विभागको अनुमान छ। यी क्षेत्रका पहाडी भुभागमा पहिरो जान सक्ने, नारायणी लगायतका नदीमा पानीको बहाब उच्च हुने र तराईका साना नदीहरुमा आकस्मिक बहाब हुने जनाइएको छ।

सम्बन्धित समाचार शीर्षकहरु