मुख्य खबर

जनआन्दोलनका नेता गणेशमान सिंहको आज २२औं स्मृति दिवस

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज २२औं स्मृति दिवस मनाईंदै छ । १९७२ सालमा जन्मिएका सिंहको दुई हजार ५४ साल असोज २ गते निधन भएको थियो ।

लौहपुरुषका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि संघर्ष गर्नुभएको थियो । जेलबाट भागेर भारत पुगेका सिंहले वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गर्नुभएको थियो ।

१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित सिंह कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानले २०४६ सालमा भएको जनआन्दोलनको कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूद्ध आन्दोलन गर्दा सर्वोच्च कमाण्डरको भुमिका निर्वाह गर्नुभएको थियो ।

उहाँले नेपाली राजनीतिक परिवर्तनका लागि पुर्याएउनुभएको उच्च योगदानको आजपनि स्मरण गरिन्छ । स्वर्गीय सिंहको सम्झनामा नेपाली कांग्रेसले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

सम्बन्धित समाचार शीर्षकहरु