मुख्य खबर

लाइबेरियाको एक इस्लामिक विद्यालयमा आगलागी हुँदा ३० बालबालिकाको मृत्यु

एजेन्सी: पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा एक इस्लामिक विद्यालयमा आगलागी हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ ।

राजधानी मोनरोभिया नजिकै रहेको विद्यालयमा लागेको आगोका कारण अरु दर्जनौं घाइते भएका छन् । आगलागीबाट ज्यान गुमाउनेहरु अधिकांश बालबालिका छन् ।

त्यसबाहेक केही शिक्षकको पनि आगलागीमा परी मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आगलागी भएका बखत विद्यार्थीहरु इस्लामिक धार्मिक ग्रन्थ कुरान पढिरहेका थिए । आगलागीको कारण अझै स्पष्ट हुन नसकेको प्रहरीको भनाइ छ ।

लाइबेरियाका राष्ट्रपति जर्ज विहाले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार शीर्षकहरु