मुख्य खबर

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड पीएसजीसँग ३-० गोल अन्तरले पराजित

एजेन्सी: च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोली पीएसजी तीन मुख्य फरवार्डविना मैदान उत्रिएको थियो । निलम्बनको कारण नेयमार र चोटका कारण केलियन एम्बाप्पे र ईडिन्सन काभानी मैदानमा थिएनन् । तर युरोपेली क्लब फुटबलको खर्चालु क्लब रियलविरुद्व पीएसजीले सहज जित निकाल्न सफल रह्यो ।

डि मारियाले सुरुवातमै दुई गोल गर्दै पीएसजीको जित यात्रालाई निकै सहज बनाए । अर्को एक गोल दोस्रो हाफको ईन्जुरी समयमा थोमस म्युनिरले गरेका थिए । डि मारियाले पुर्व क्लबविरुद्द दुइ सनसनीपूर्ण गोल निकाल्न सफल रहे ।

पीएसजीको जितले रियल प्रशिक्षक जिनेदिन जिदानमाथि ठुलो दबाब थपिएको छ । डि मारियाले १४औ मिनेटमा पीएसजीलाई सूरुवाती अग्रता दिलाए । ३३औ मिनेटमा डि बक्स बाहिरबाट कठिन कोणबाट दोस्रो गोल गर्दै उनले घरेलु टोलीलाई सुरुमै राहत दिलाएका थिए ।

लगत्तै रियलका ग्यारेथ वेलले निकै राम्रो भली गोल गर्न सफल भएका थिए । तर रेफ्रीले भारमार्फत सो गोलको मान्यता दिन अस्विकार गरे । समुह एमा पीएसजीले ३ अंक जोड्न सफल भएको छ । रियल अंक विहिन छ ।

सम्बन्धित समाचार शीर्षकहरु