मुख्य खबर

‘मायाको मिटर…’ सार्वजनिक

काठमाडौं: लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर…’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्द÷सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।


अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।
उत्सव दाहालको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको छ ।


गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ आशा छ दर्शक÷स्रोताले मन पराईदिनुहुने छ’, कोइरालाले भने ।

सम्बन्धित समाचार शीर्षकहरु