मुख्य खबर

ह्याकरको समूहले कृषि विकास बैंकबाट यसरी चोर्यो १ करोड ५६ लाख

ह्याकरको समूहले सिस्टम ह्याक गरेर कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी गरेको छ । कृषि विकास बैंककाे लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले पुष्टि गरे ।

यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास बैंकमा भने योभन्दा फरक तरिकाले रकम चोरी भएको पाइएको निरौलाले बताए । ‘प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको छ, बाँकी हामी अनुसन्धानमै छौं’, प्रवक्ता निरौलाले भने, ‘विगतमा भएको ह्याकिङ प्रकरणभन्दा यो नयाँ हो ।’ यो भए संगै नेपालका बैंकहरु असुरक्षित भएको पुष्टि भएको छ।

सम्बन्धित समाचार शीर्षकहरु