मुख्य खबर

एग्रो टाइम्सको बार्षिकोत्सव कार्यक्रम सम्पन्न



काठमाडौं । एग्रो टाइम्स मासिक पत्रिका सातौँ वर्षमा प्रवेश गरेको छ । विगत ६ बर्षदेखी प्रकाशन भईरहेको एग्रो टाइम्स मिडिया नेटवर्कद्धारा प्रकाशित कृषि र कृषकमा समर्पित एग्रो टाइम्स मासिक पत्रिकाले सातौँ बर्ष पुगेको अवसरमा बार्षिकोत्सव कार्यक्रमका अवसरमा एग्रो टाइम्स उत्कृष्ट कृषक प्रोत्साहन पुरस्कार २०७६ समेत सम्पन्न गरेको छ ।


कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल तथा प्रदेश नं ३ का कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषिमा योगदान पु¥याईरहेका ७ जनालाई सम्मान गरेका छन् । सम्मानित हुनेहरुमा लोकनाथ जमकटेल, घननाथ महत्तो, टुक्र प्रसाद घिमिरे, राम अयोध्या चौधरी, डबल बहादुर बस्नेत, अनिरुद्रनाथ शुक्ल, मान बहादुर भण्डारी रहेका छन् भने फरक काम गरेर राष्ट्रिय स्तरमा योगदान पु¥याइरहेका डा. केदार बुढाथोकी, भोलामान सिँह बस्न्यात तथा उद्धव अधिकारीलाई समेत गरी १० जनालाई मन्त्री द्धेयले जनही नगद ५÷५ हजार सहित कृषि मेडल तथा प्रशंशा पत्रबाट सम्मान गरीएको थियो ।


कार्यक्रममा मन्त्री खनालले एग्रो टाइम्स मिडियाले कृषि कृषकमा पु¥याएको योगदानको खुलेर प्रशंसा गर्दै मन्त्रालयले योगदानमा आधारीत किसान पेन्सन, किसान वर्गीकरण तथा युवालाई लक्षित गरीएका कार्यक्रमलाई संचार माध्यमले पनि उत्तिकै महत्व दिनुपर्छ र यो काम एग्रो टाइम्सले पनि गरोस भन्ने आशा गरेको समेत व्यक्त गरे, मन्त्री खनालले किसानलाई पक्कै पनि सम्मानजनक तरीकाले मुल्यांकन गर्नुपर्छ र साँच्चिकै कृषिमा काम गर्ने किसानले राज्यबाट दिइएका सुविधाहरु पुग्ने कुरा व्यक्त गरे ।


कार्यक्रममा बोल्दै प्रदेश नं ३ का कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले किसानको प्रदेश नं ३ ले विभिन्न कार्यक्रमहरु ल्याएको र कृषिलाई थप व्यवसायिक र व्यवस्थित बनाउन आफ्नो मन्त्रालय लागिरहेको कुरा व्यक्त गरे एग्रो टाइम्स पत्रिकाले किसानको हकहितमा सहयात्री बनी काम गरीरहेको पाँउदा निकै हर्षित भएको कुरा व्यक्त गरे ।


यस्तै कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव युवकध्वज जि.सीले एग्रो टाइम्स पत्रिका निरन्तर रुपमा प्रकाशन भई सात बर्षसम्म आएकोमा आफु निकै खुशी भएको कुरा व्यक्त गर्दै साँच्चिकै किसानका समस्याहरु उठान गर्दै समाधानको लागि समेत प्रयास गरीरहेको एग्रो टाइम्सले किसानको सहि सहयात्री बनिरहेको कुरा प्रकाश पारे,
यसैगरी किसान आयोगका सदस्य तथा प्रवक्ता रविन्द्र केसीले सबै किसानहरुलाई समेट्नको लागि एग्रो टाइम्सले गरीरहेको यो प्रसार कृषि क्षेत्रको लागि ठुलो उपलब्धि समेत हो भन्दै किसान आयोगले गरीरहेको किसानको हकहितका मुद्धामा एग्रो टाइम्सले पनि हातेमालो गर्दै जानुपर्छ भनी सुझाए ।


एग्रो टाइम्सका प्रबन्ध निर्देशक अशिम सापकोटाले सबैको साथ सहयोगबाट नै एग्रो टाइम्स मासिक पत्रिका यहाँँसम्म आएको अवगत गराँउदै आगामी दिनमा पनि सबैको साथ सहयोग रहने कुरामा आँफु दृढ रहेको बताउदै हामीले कृषि र कृषकहरुमाझ सहकार्यको एउटा मार्गदर्शकको रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा जिँउदो माछा व्यवसायी सँघका अध्यक्ष जंगबहादुर साहले एग्रो टाइम्स मासिकले माछापालन व्यवसायलाई प्रवद्र्धन गररिहेको कुरामा खुशी व्यक्त गर्दै आजका उपभोक्ताको जिँउदो माछाको माग बढिरहेको र जिँउदो माछा एक ठाँउबाट अर्को स्थानमा लैजान निकै चुनौती रहेको र सरकारले जिँउदो माछा बोक्ने गाडिमा अनुदान दिनुपर्ने सुझाए ।


कार्यक्रममा नेपालमै एक खुट्टा मात्र भएकि नृत्य कलाकार रोमा न्यौपानेको नृत्य प्रस्तुतीले कार्यक्रमको रौनक थपेको थियो भने हास्य कलाकार टंक डुम्रेले पनि कृषि र किसानका लागि चेतनामुलक गित तथा हास्य प्रस्तुत गरेका थिए । कार्यक्रम एग्रो टाइम्सका प्रबन्ध निर्देशक अशिम सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन कृषि टेलिभिजनका कार्यक्रम प्रस्तोता भेषराज पाण्डेले गरेका थिए ।

एग्रो टाइम्स उत्कृष्ट कृषक प्रोत्साहन पुरस्कार २०७६ वितरण

सम्बन्धित समाचार शीर्षकहरु