मुख्य खबर

आफू निकटका २५ जना स्टाफ नर्स गैरकानुनी रुपमा भर्ती


काठमाडौँ ।   आफू निकटका २५ जना स्टाफ नर्स गैरकानुनी रुपमा भर्ती गर्न खोजिएपछि बीर अस्पतालमा बबाल भएको छ । अस्पतालका निर्देशक केदार सेञ्चुरीले गैरकानुनी रुपमा २५ जना स्टाफ नर्स भर्ती गर्न खोजेका हुन् ।
यति ठूलो संख्यामा स्स्टाफ नर्स भर्ती गर्दा पदपूर्ति समितिलाई समेत छलिएको छ । विज्ञापन समेत प्रकाशन गरिएको छ । नियमानुसार कर्मचारी भर्ती गर्दा न्याम्सको सेवा आयोगबाट विज्ञापन खुलाएर मात्र गर्नुपर्ने प्रावधान छ । तर यो प्रावधानलाई धोती लगाउँदै निर्देशक सेञ्चुरीले २५ जना स्टाफ नर्स अवैद्य रुपमा भर्ना गर्न खोजेका हुन् । यसरी चोरबाटोबाट स्टाफ नर्स भर्ती गर्न खोजिए पछि न्याम्सका कर्मचारीहरु निर्देशक सेञ्चुरीको ज्यादती र अनियमितताको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै हाल्ने तयारीमा छन् ।

करारमा कर्मचारी राख्दा पनि सेवा आयोगबाट विज्ञापन निकालेर मात्र राख्ने गरिएको छ । तर निर्देशक सेन्चुरीले सेवा आयोगसमेत छलेर कर्मचारी भर्ना गर्न लागेका छन् । यसरी स्टाफ नर्स भर्ती गरिँद्या उनीहरुसँग आर्थिक शुभलाभ समेत लिएको आरोप निर्देशक सेञ्चुरीमाथि लागेको छ । वीर अस्पताल स्रोतका अनुसार यसरी गैरकानुनी रुपमा २५ स्टाफ नर्स भर्ती गरिँदा एक नर्स बराबर ३ लाखदेखि ४ लाख नजराना लिएको आरोप छ ।
यता यस बिषयमा प्रतिक्रिया माग्दा निर्देशक सेञ्चुरीले स्वास्थ्य मन्त्रालयले नर्स भर्नामा ढिलाइ गरिदिँदा अस्पतालमा स्टाफ नर्स अत्यावश्यक भएको,सोही कारण आइसीयु वार्ड चलाउनै अप्ठ्यारो भएपछि भर्ना गर्न लागिएको जनाए ।

सम्बन्धित समाचार शीर्षकहरु