मुख्य खबर

लगानीकर्तालाई उठीबास लगाउने यी हुन् २० कम्पनी, ७ बैंकसहित ५९ कम्पनी यसरी सस्तिए


काठमाडौँ ।  अर्थमन्त्री डा. युवराज खतिवडा अचेल सेयर बजारमा लगानी गर्ने समय यहि हो, लगानी गर्नुहोस् भनेर सार्वजनिक कार्यक्रममा आग्रह गर्न थालेका छन् । अघिल्लो साता भने अर्थमन्त्री खतिवडाले सेयर बजारमा लगानी गर्न दिएको अभिव्यक्तिले २ दिन बजारमा सामान्य सुधार देखियो पनि । तर त्यसपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आउने क्रम भने रोकिएको छैन । यो साताको अन्तिम कारोबार दिनमा पनि १.७३ अंकले गिरावट आएको छ ।

बजारमा देखिएको निरन्तर गिरावटका कारण लगानीकर्ताको लगानी दैनिक जसो डुबी नै रहेको छ । लगानीकर्ताहरुले साधारण सेयरमा १०० रुपैयाँ लगानी गरेका हुन्छ । त्यो लगानी यतिबेला बालुवामा पानी जस्तै भएको लगानीकर्ताको गुनासो रहेको छ । सेयर बजारमा नगद १ सय रुपैयाँ लगानी गरेका लगानीकर्ताको प्रतिकित्ता सेयरमा ४८ रुपैयाँले घटेको छ । १ सय रुपैयाँ यूनियन हाईड्रोपावरको सेयर किनेका लगानीको सेयर मूल्य ४९ रुपैयाँले घटेर प्रतिकित्ता ५१ रुपैयाँमा झरेको छ ।

यो कम्पनीको मात्र हैन नेशनल हाईड्रोपावर, जोशी हाईड्रोपावर, दिव्यश्वरी हाईड्रो पावर लगायत २० वटा कम्पनीको सेयर मूल्य एक सय रुपैयाँ भन्दा कम रहेको छ । यतिबेला २० वटा कम्पनीमा गरेको लगानी फसेको छ । लगानीकर्ताले गरेको एक सय रुपैयाँ घट्दा त्यस्ता कम्पनीमा सबै भन्दा बढी जलविद्युत कम्पनी रहेका छन् । यस्तै बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य पनि प्रतिकित्ता एक सय रुपैयाँ भन्दा कम रहेको छ ।

बजारमा सेयरको मूल्यमा गिरवाट आउँदा साधारण सेयर भन्दा न्यून मूल्यमा दोस्रो बजारमा सेयर पाउन थालिएको छ । जसले गर्दा साधारण सेयरमा गर्ने लगानी पनि निसार भएका छन् । २० वटा कम्पनीको सेयर मूल्य १०० रुपैयाँभन्दा तल रहेको छ भने ३९ वटा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य २ सय रुपैयाँ भन्दा कम रहेको छ । बजारमा २ सय रुपैयाँ भन्दा कम मूल्य रहेको कम्पनीमा वाणिज्य बैंक समेत रहेका छन् । जसमा सिभिल बैंक, सेन्चुरी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, मेगा बैंक, कुमारी बैंक, एनसिसि बैंकसहित ७ वटा बैंकको सेयर मूल्य २ सय रुपैयाँ रहेको छ । वाणिज्य बैैंकका साथै ज्योति विकास, देव विकास बैंक, कामना सेवा, कर्णाली डेभलपमेन्ट, लुम्बिनी विकास बैंकको पनि सेयर मूल्य पनि २ सय रुपैयाँ भन्दा कम रहेको छ । आफूले लगानी गरेको बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आउँदा लगानीकर्तामा चरम निराशा छाएको छ ।

जारमा सेयरको मूल्यमा गिरवाट आउँदा साधारण सेयर भन्दा न्यून मूल्यमा दोस्रो बजारमा सेयर पाउन थालिएको छ । जसले गर्दा साधारण सेयरमा गर्ने लगानी पनि निसार भएका छन् । २० वटा कम्पनीको सेयर मूल्य १०० रुपैयाँभन्दा तल रहेको छ भने ३९ वटा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य २ सय रुपैयाँ भन्दा कम रहेको छ ।

बजारमा २ सय रुपैयाँ भन्दा कम मूल्य रहेको कम्पनीमा वाणिज्य बैंक समेत रहेका छन् । जसमा सिभिल बैंक, सेन्चुरी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, मेगा बैंक, कुमारी बैंक, एनसिसि बैंकसहित ७ वटा बैंकको सेयर मूल्य २ सय रुपैयाँ रहेको छ । वाणिज्य बैैंकका साथै ज्योति विकास, देव विकास बैंक, कामना सेवा, कर्णाली डेभलपमेन्ट, लुम्बिनी विकास बैंकको पनि सेयर मूल्य पनि २ सय रुपैयाँ भन्दा कम रहेको छ । आफूले लगानी गरेको बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आउँदा लगानीकर्तामा चरम निराशा छाएको छ ।

सम्बन्धित समाचार शीर्षकहरु