मुख्य खबर

उस्कृष्ट कथा


पुष्प आर.जे
काठमाडौँ । हातमा परेको लामो समय पछि झापालि साहित्यकार बिन्दु दहाल मूकदर्शकको कथा संग्रह मूल्याङ्कनका बारेमा केही लेख्छु भन्दा भन्दै पनि लेख्न सकिरहेको थिईन।

शिक्षण पेशा संगै मोफसलमा रहेर लामो समय देखि साहित्यका बिभिन्न बिधाहरुमा रहेर सक्रिय कलम चलाउनु हुने साहित्यकार हुनुहुन्छ बिन्दु दहाल मूकदर्शक २०६९ सालमा मातापितालाई समर्पण गरि लेख्नु भएको यस कथा संग्रह मूल्याङ्कनूमा १४ वटा कथा रहेका छन् । समाजमा घटेका बिभिद घटना र कथा अनुसार पात्रहरूको उस्कृष्ट चयन गरिएको छ । घटना र पात्र हाम्रै वरपरका रहेका छन्। सामाजिक थिचोमिचो, निमुखा, राजनीति बाट पिडित, जालिफटाहा, ब्यङ्ग, बाध्यता, पिडा सबैलाई समेटिएको छ । कथाका कयौं प्लटमा स्थानीय ठाउँ समेटिएको छ । जस्तो ईलामको रमिते र बिराटनगर।

संग्रह मा रहेको छैटौं कथा मूल्याङ्कनूबाट पुस्तक नामाकरण गरिएको छ । यस कथामा प्रमुख पात्रको रुपमा म पात्रलाई उभ्याईएको छ । जुन कथा २०४६ को प्रजातान्त्रको आसपासको कथा रहेको छ। बाध्यता ले पार्टीलाई समय नदिदा पार्टी ले सदस्यता खारेज भएको र आर्थिक हैसियत बडे संगै पार्टी लाई चन्दा दिई गुमेको पार्टी सदस्य कमरेड हरुले घरमै पुर्याउन ल्याएको कथा लाई ब्याङ्गात्म तरिकाले बुनिएको छ ।

यस संग्रहमा केही छोटा त केही कथा लामा रहेका छन् । लामा कथा लाई कथाकारले पाठकको मनोबृति बुझि खण्ड खण्ड दिएर लेखेका छन् । जसले कथा पड्दा पाठकलाई कौतुहलता प्रदान गर्ने गर्छ । समग्रमा कथा र कथाकार पात्रहरुको चयन र कथानमा न्यान गरेको देखिन्छ । कथा पड्दै जादा धेरै ठाउँमा पाठकको आँखा रसाउने,जिउ नै सिरिङ्ग पार्ने बिषयले मन छोएको देखिन्छ । जसमा जनयुद्धकै कथा किन नहोस । निर्दोस बुहारीलाई घरका सदस्य सबै मिलेर मारेको कथा नै किन नहोस ।

मोफसलमा बसेर साहित्य सिर्जना गर्नु हुने साहित्यकार बिन्दु दहाल मूकदर्शकु लाई साहित्यिक सफलताको शुभकामना दिन चाहान्छु । फेरि पनि मूल्याङ्कनू जस्तो उस्कृष्ट कथा पड्न पाईयोस् । आलोचना राष्ट्रिय साप्ताहिक बाट



सम्बन्धित समाचार शीर्षकहरु