मुख्य खबर

यूनाईटेड सिमेन्टस् उपहारमा कुपन नं. १५७८७ Santro Car बिजेता

काठमाडौं । यूनाईटेड सिमेन्टस् प्रा.लि. को ग्राहक योजना ‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ अन्र्तगतको लक्की ड्र कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।  गत बैशाख २०७६ देखि असार मध्य २०७६ सम्म लागू गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप Hyundai Santro Car उपहार लक्की ड्र बाट छनोट गरिने उद्योगको योजना अनुसार सो कार्यक्रम सम्पन्न भएको हो ।

 यस अनुसार कुपन नं. १५७८७ Santro Car बिजेता बन्न सफल भएको छ भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् । यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्र सहित २०७६ कात्र्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरि उपहार दाबी गरिसक्नु पर्ने उद्योगले जनाएको छ ।

 कार्यक्रममा यूनाईटेड सिमेन्टस्का प्रबन्ध निर्देशक विकास दुगडले सबै बिजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहबर्धक ग्राहक योजना भविष्यमा पनि यूनाईटेड सिमेन्टस्ले ग्राहकमाझ पस्कने प्रतिबद्धता जनाएका छन । 


 

सम्बन्धित समाचार शीर्षकहरु