मुख्य खबर

आइतबार सार्वजनिक विदामा पनि बैंकको शाखा खोल्न निर्देशन : नेपाल राष्ट्र बैंक

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको लागि आइतबार सार्वजनिक बिदा घोषणा गरिएको भएपनि नेपाल राष्ट्र बैंकले भने सार्वजनिक बिदाका दिन राजश्व बुझ्ने बैंकका काउन्टर खुल्ला राख्न सबै बैंकहरुलाई निर्देशन दिएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमास (असोज मसान्त) को राजश्व संकलन गर्नुपर्ने भएकाले अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रहमा राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंकका शाखाहरु खुल्ला राख्न निर्देशन दिएको हो ।


केन्द्रीय बैंकद्वारा शुक्रबार जारी सूचनामा क्लयरिङ सम्बन्धि काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला गर्न भनेको छ । राजश्व संकलन गर्ने शाखा कार्यालय बाहेकका अन्य शाखा कार्यालय भने बन्द हुनेछन् ।

सम्बन्धित समाचार शीर्षकहरु