मुख्य खबर

ट्राफिक प्रहरी महाशाखाको अनुरोध


काठमाडौं – मिति २०७६ मंसिर २४ गते हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापनका दिन  ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन लागि आम उपत्यकावासीहरूमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध ।

1. मंसिर २४ गतेसमापन दिन सरकारी, अत्यावश्यक सेवा, खेलकुदसम्बद्ध, सञ्चारकर्मी तथा पर्यटक आवद्ध सवारी साधन बाहेक रिङ्गरोड भित्र सम्पूर्ण सवारी साधनहरू जोर नम्वरमा मात्र चलाउन हुन ।

2. ठुला मालवाहक  सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगरीदिनु हुन ।

3. दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको  प्रयोग गरिदिन हुन ।

4. २४ गते समापनका दिन कम भन्दा कम सवारी साधनहरू  निकाल्नु हुन ।

5. सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउनु हुन ।

6. खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडीको टुँडिखेलमा तोकिएकोले सोही अनुसार गरिदिनुहुन ।

7. हर्नलाई पूर्ण रूपलेनिषेध गर्नुहुन ।

8. ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नुहुनका साथै सडकमा जथाभावी बाटो नकाट्नुहुन ।

9. ट्राफिक सम्वन्धि समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हट लाईन नम्वर १०३ मा फोन गर्नु हुनका साथै नियमित रूपमा मेट्रो ट्राफिक एफ.एम.९५.५ मेघाहर्ज सुन्नहुन  ।

सम्बन्धित समाचार शीर्षकहरु