मुख्य खबर

६४ करोड रुपैयाँ राजस्व छलेको अभियोगमा पेप्सी उत्पादक वरुण बेभरेज विरुद्ध अदालतमा यसरी भयो मुद्दा दायर


काठमाडौं– राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड रुपैयाँ राजस्व छलेको आरोपमा विभागले मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए ।

This image has an empty alt attribute; its file name is 79440395_495777691060037_5210383598833631232_n.jpg

राजस्वले गत वर्षदेखि नक्कली भ्याट बिल प्रयोग गरेको आशंकामा झन्डै ९ सय भन्दा बढी कम्पनीमाथि छानबिन गरिरहेको छ। वरुण वेभरजे चर्चित पेय पदार्थ पेप्सीको उत्पादक हो। सय रुपैंयाको नक्कली भ्याट बिल प्रयोग गर्दा १३ रुपैयाँ भ्याट र त्यसमा २५ प्रतिशत आय कर गरी कूल ३८ रुपैयाँ कर छली हुन्छ।

सम्बन्धित समाचार शीर्षकहरु