मुख्य खबर

‘कानून कार्यान्वयनमा कुनै कसर बाँकी राख्दिनँ’:डीआईजी पोखरेल

  काठमाडौं –  गृह मन्त्रीस्तरीय निर्णयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा काज सरुवा भएका डीआईजी विश्वराज पोखरेलले आजदेखि चार्ज बुझेका छन् । सोमबार बिहान महानगरीय प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच डीआईजी पोखरेलले महानगरीय प्रहरी प्रमुखको पदभार ग्रहण गरेका हुन् ।

महानगरीय प्रहरी कार्यालयमा काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी, महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल बहादुर थापा, ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई लगायतका अधिकृतहरुले डीआईजी पोखरेललाई स्वागत गरेका थिए । एसएसपी सुवेदी र थापा पोखरेलका ब्याचमेट हुन् ।

123

पदभार ग्रहणपश्चात् डीआईजी पोखरेलले कानून कार्यान्वयनमा आफूले कुनै पनि कसर बाँकी नराख्ने बताएका थिए । करिब एक वर्ष अगाडि पोखरेलले केही महिना काठमाडौंको प्रहरी प्रमुख भएर समेत काम गरिसकेका छन् ।

डीआईजी पोखरेलले आफूले जनताले शान्ति सुरक्षाको महसुस गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाएको कार्यक्रममा सहभागी एक अधिकारीले बताए। पोखरेल यसअगाडि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता थिए ।

सम्बन्धित समाचार शीर्षकहरु