मुख्य खबर

नेपाल भ्रमण वर्ष शुभारम्भमा वैदेशिक रोजगार व्यवसायीले यसरी जनाए सहभागिता

काठमाडौँ, ७६ पुस१६। नेपाल भ्रमण बर्ष २०२० आजदेखि शुरु भएको छ । यसै अवसरमा आज रंगशालामा भव्य समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । भ्रमण वर्षलाई सफल बनाउन देशका सबै क्षेत्रले हातेमालो गरेका छन् । जसमा वैदेशिक रोजगार व्यवसायीहरु पनि सहभागी भएका छन् ।

नेपाल सरकारको प्र्यटन मन्त्रालयले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई मुल आयोजक समारोह समितिमासमेत राखेको छ । यस्तोमा बुधबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाल भ्रमण बर्ष २०२० शुभारम्भको का दिन र्याली सहितको मार्चपासको कार्यक्रममा सहभागिता जनाएको छ । व्यवसायीहरुको र्यालीमा उल्लेख्य र उत्साहपूर्ण सहभागिता रहेको छ । संघले आग्रह गरेअनुसार कार्यक्रममा सम्भव भएसम्म व्यवसायीहरु नेपाली पोशाकमा सहभागी भएका छन् ।

सम्बन्धित समाचार शीर्षकहरु