मुख्य खबर

नेपाल इन्भेष्टमेन्ट बैंकको साधरणसभामा शेयरधनीहरुबीच मुक्का हानाहान

काठमाडौँ, ७६ पुस   २८।नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभामा कुटाकुट भएको छ । शेयरधनीहरुबीचको विवाद बढ्दै जाँदा कुटाकुट भएको हो । आज बैंकको ३३ औं बार्षिक साधरणसभामा डाकिएको थियो । राजधानीको प्रर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा साधारणसभा चलिरहँदा दुई सेयरधनीहरुबीच कुटाकुट भएको हो । सभा सेयरधनी चन्द्रनारायण श्रेष्ठ र शिवप्रसाद पौडेलबीच आपसमा मुक्का हानाहान गरेका थिए । साधरणसभामा चन्द्रनारायण आफ्ना भनाइ राखेका थिए ।

साधारणसभामा लगानीकर्ताको प्रतिनिधित्व गर्दैै श्रेष्ठले इन्भेस्टमेन्ट बैंकभन्दा एनआईसी एसिया राम्रो भएको बताएका थिए । यत्तिकैमा पौडेलले श्रेष्ठलाई कम बोल्न सुझाव दिँदै थिए । त्यसपछि शिवप्रसाद भनाइ राखेका थिए । शिवप्रंसादले आफ्ना भनाइ राख्ने क्रममा ठाँउको नाम प्रयोग गरी होच्याएको भन्दै आक्रोशित बनेका चन्द्रनारायणले शिवप्रसादमाथि खनिएका थिए । त्यही क्रममा दुवैबीच केहीबेर कुटाकुट भएको हो ।

यी दुईबीचको झगडा मिलाउन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे आफैँ सेयरधनीहरु बसिरहेको ठाउँमा पुगेका थिए । साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट शेयर पूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ । बोनस पारित भएसँगै बैंकको चुक्तापूँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

सम्बन्धित समाचार शीर्षकहरु