मुख्य खबर

डेपुटी गभर्नर श्रेष्ठ निर्दाेष ठहर,आइतबारदेखि काममा फर्कने

सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । निलम्बन फुकुवासँगै श्रेष्ठ अब पुन काममा फर्कनेछन् । वीत्तिय सुशासन उल्लङ्घन गरेको आरोपमा मन्त्रिपरिषदकै निर्देशनमा छानबिनपछि श्रेष्ठलाई मन्त्रिपरिषद्ले नै निर्दोष ठहर गरेको हो ।आर्थिक अपचलन गरेको आरोपमा अनुसन्धानका लागि करिब एक महिनाअघि डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा परेका थिए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो योसँगै उनी स्वतः पुनर्बहाली हुनेछन् ।

बिहीबार सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले श्रेष्ठलाई मन्त्रिपरिषद्ले निर्दोष ठहर गरेको जानकारी दिए । बाँस्कोटाले कुनैपनि व्यक्तिमाथि छानबिन हुनु स्वभाविक भएको भन्दै छानबिनबाट निर्दोष ठहरिएपछि डेपुटी गर्भनर श्रेष्ठलाई सफाइ दिएको बताए । निलम्बन फुकुवासँगै कात्तिक १८ गतेदेखि निलम्बित अबस्थामा रहेका श्रेष्ठ नियमित काममा फर्किने भएका छन् ।
श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर भ्रष्टाचार गरेको, चरम पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको
लगायत चार्ज लागेको थियो।

सम्बन्धित समाचार शीर्षकहरु