मुख्य खबर

विराटनगरमा चित्रकला कार्यशाला


७६काठमाडौं,२०माघ: नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनीको उद्घाटन कार्यक्रमको पहिलो दिन प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा २०७६ माघ १६ गते सम्पन्न भयो ।
कार्यक्रममा माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ सभासदस्य सञ्जय वान्तवा, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ सरोजा खड्गी, प्राज्ञ एस.सी. सुमन, पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति विजु थपलिया, सामाजिक विकास मन्त्रालयका कानून विद् कोष राज न्यौपाने , पत्रकार महासँघका अन्यक्ष विक्तम लुइटेलको आतिथ्यता रहेको थियो ।
ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कलाप्रेमीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रमको सञ्चालन निवास पोखरेलले गर्नु भएको थियो ।


४० जना भन्दा बढी कलाकारहरुद्वारा निर्माण गरिएका चित्रकलाको अवलोकन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले प्रदेश नं १ मा चित्रकलाको प्रदर्शनी भए होलान् तथापी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले ललितकला संगम विराटनगर सँग गरेको यो कार्यक्रम पहिलो रहेकोले आभार व्यक्त गर्नु भयो ।

नेपाल सरकार अन्र्तगतको यो संस्थाले कलाको विकास, प्रवद्र्धन, उन्नयन, संरक्षण गर्दै आएको छ । छ वटा विभागहरु यसमा कार्यरत छन् । म यस विभागको तर्फबाट के चाहन्छु भने प्रदेश नं १ विराटनगरमा एउटा कला म्यूजियम निर्माण गर्ने र यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । यस कुरामा माननीय मन्त्रीज्यूको समेत ध्यानाकर्षण गर्नु भयो । अहिले हामी पर्यटन वर्ष २०२० मा छौं । यसलाई टेवा पु¥याउनका निमित्त वरिष्ठ कलाकारहरुको प्रयोग गर्न सक्छौं । कलाले संस्कृतिले पर्यटकहरुलाई तान्न सकिन्छ । यसका निमित्त कलाको पूर्वाधार निर्माण गर्नु पर्दछ । अनि मात्र “समृद्ध नेपाल सुखी नेपाली” को नारा सार्थक बन्छ । संसारमा चित्रकलाले परिवर्तन ल्याउछ । चित्र आफै बोल्छ । मोनालिसा, गोरनिका जस्ता चित्रकला यसका उदाहण हुन । यसर्थ हस्तकला ग्राम खोल्नका निम्ति पिकासोले गुरनिकाको संकनामा बनाएको चित्रबाट फान्समा परिवर्तन ल्यायो ।


माननीय मन्त्री समक्ष अनुरोध समेत गर्नु भयो । अन्त्यमा स्थानीय कलाकारहरुले जुन मिहिनेतले चित्रकला निर्माण गर्नु भयो । प्रदर्शनीमा राख्नु भयो सबैमा धन्यवाद ज्ञापन गर्नु भयो ।
यसै गरी प्रमुख अतिथि माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले विषयका हिसाबले हाम्रो समाजलाई परिचय दिएको कुरा थाहा भएता पनि यस कुरामा म जानकार नहुन सक्छु तथापी मान्छे सबै कुरामा निपूर्ण नहुन सक्छ तर समाज विकासमा कलाको अहम् भुमिका निर्माण गरेको हुन्छ ।

चित्रकला मार्फत नेपालको विशिष्ठताको परिचय र पहिचान दिएको हुन्छ । यसर्थ यसलाई प्रदेश स्तरीय विस्तार गर्नु आवश्यक छ । हाम्रो विविध धर्म, भाषा, संस्कृति भएको देश विश्वको सर्वोच्च शिखर देखि होचो भु–भाग रहेको कारण आज यो कार्यक्रम महत्वर्पुण छ ।

यसकारण बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक संग्राहलयको निमौण गर्ने बजेट विनियोजन गरिएको कुराको समेत जानकारी गराउनु भयो । हामी अब भ्रमण वर्षलाई सार्थक बनाउन पर्यटकलाई आर्कषण गर्ने चित्रकलालाई उपयोग गर्ने हो । यसमा व्यक्तिगत रुपमा मन्त्रालयको तर्फबाट पहल गर्ने कुराको प्रतिवद्घता व्यक्त गर्नु भयो ।
अन्त्यमा, आफ्नो धारणा सहित कार्यक्रममा उपस्थित सम्र्पुणलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष गोपाल कलाप्रेमीले सभाको बिसर्जन गर्नु भयो ।

www.prabhubank.com

सम्बन्धित समाचार शीर्षकहरु