मुख्य खबर

संगीतमा विश्व किर्तिमान राख्न सफल गायक एंव संगीतकार लक्षु प्रकाश मल्ल सम्मानित

काठमाडौं, १७ फागुन : नेपाली संगीतमा नयाँ विश्व किर्तिमान राख्न सफल गायक एंव
संगीतकार लक्षु प्रकाश मल्ललाई सम्मान गरिएको छ । राजधानिको न्यू भिजन
एकेडेमी स्कुल काेटेश्वरले उनलाई सम्मान प्रदान गरिएको हो ।

मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ
किर्तीमानी कायम गर्न सफल भएको थियो ।

ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको
हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको
सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा रिपोर्टर्स क्लब नेपालमा
पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको थियो ।

गीतमा संगीत लक्षु प्रकाश मल्लको रहेको छ भने सो गीतमा गीतकार डा. दलिप
कुमार मल्लको रहेको छ । मल्लले संगीत काठमाडौंको पुतलीसडकस्थित् बिग
परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरेको हो ।

उनले अझै सङ्गितकाे क्षेत्रमा जिम्मेवारी थपेको र अझ नयाँ प्रयोग संगीतमा
गर्ने बताए ।

सम्बन्धित समाचार शीर्षकहरु