मुख्य खबर

एलिशा राई अभिनित म्युजिक भिडियो ‘तक्दिर’ सार्वजनिक (भिडियोसहित)

७६काठमाडौं,२१फागुन:चर्चित गायिका प्रविशा अधिकारी र गायक राज हृदयको स्वरमा ‘तक्दिर’ बोलको प्रेमिल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गीतकार डिपी खनालको शब्द तथा अजय तामाङको संगित रहेको उक्त गीत राम्रो बनेको छ ।


रागा स्टिुडियोमा रेकर्ड गरिएको गीतमा शाहस शाक्यको संगित संयोजन तथा एच बि एन् किस्मतको मिक्सिङ तथा मास्टरिङ रहेको छ । अहिलेका चर्चित मोडल एलिशा राई र कमल सिंहको उत्कृष्ट केमेस्ट्री रहेको भिडियोको छायाङ्कन् अर्जुन तिवारी र टिमले गरेका हुन् ।
भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन । ओ.एस.आरले प्रोडक्सन गरेको उक्त भिडियोको निर्देशन अहिलेका चर्चित निर्देशक शान थापाले गरेका हुन् ।


आजबाट बजारमा आएको उक्त भिडियो युट्युबमा ओ.एस.आर. डिजिटलमा उपलब्ध छ । गीतको छायांकन धुलिखेलको रमणीयस्थलमा भएको संगीतकार अजय तामाङले जानकारी दिए ।

सम्बन्धित समाचार शीर्षकहरु