मुख्य खबर

अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीत बजारमा

७६काठमाडौं,२४फागुन:तामाङ समुदायका अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’
बोलको गीत बजारमा आएको छ । समुदायका उपनामले परिचित दोङलाइ फरक
लुक्समा भिडियोमा देख्न सकिन्छ ।

तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र
निर्देशन गरेका दोङले नेपाली चलचित्र ‘सुर्य किरण’ समेत निर्देशन
गरिसकेका छन । उनले १ हजार भन्दा भिडियोमा अभिनय गरिसकेका छन । तामाङ
फिल्म होस या म्युजिक भिडियोमा फरक र नयाँपन ल्याउने गरेका दोङले यो
भिडियोमा नयाँ प्रयोग गरेका छन ।

दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा शब्द, सङ्गित र स्वर चर्चित गायक एंव
संगीतकार बिशाल काल्तानको रहेको छ भने चर्चित गायिका जितु लोप्चनले आवाज
साथ दिएकी छिन ।  भिडियोमा सम्पादन,कोरियोग्राफ र अभिनय स्वंय अमिर
दोङ्को रहेको छ भने मिस तामाङ २०१८ फस्ट रनर अप रन्जिता लामाको अभिनय
एकसाथ देख्न सकिन्छ ।

भिडियोलाई छायांकन र ड्रोन सुर्य लामाले गरेका हुन भने ड्रेस डिजाइनिङ
क्लोथिङ इन नेपाल, अनिता नेगिले गरिकी हुन ।  । दोङले निर्देशन
गरेको भिडियोमा सुस्मा मोक्तान,पदम दोङ,कुइसाङ रुम्बा,बिशाल थिङ,मिलन
स्याङतान र बाल कलाकारहरुमा सुआङ दोङ र जस्मि तामाङको अभिनय रहेको छ । भिडियोमा हेर्नुहोस
https://youtu.be/KZNPrp8A92k

सम्बन्धित समाचार शीर्षकहरु