मुख्य खबर

खुशीको खबर घर फर्किइन् कोरोना संक्रमित नेपाली महिला

७६काठमाडौं,१२चैत:कोरोना भाइरसबाट सं क्रमित भई उ,पचार गराइरहेकी नेपाली महिला भगवती रानाभाट स्व,स्थ भएकी छिन् । उनी कोरोना सं क्रमणमुक्त भएपछि डिस्चार्ज भई घर फर्किएकी हुन् ।बेलायतमा परिवारसहित बस्दै आएकी रानाभाटले आफूलाई कोरोना सं क्रमण भएको सामाजिक सञ्जालमार्फत् खुलासा गरेकी थिइन् ।सं,क्रमण नलुकाएको भन्दै उनको सर्वत्र प्रशंशा भएको थियो । उनी सं,क्रमणमुक्त भई घरमा आराम लिइरहेको तस्बिर सार्वजनिक भएको छ । सच्ची मैनालीले उनी कोरोना भाइरसको सं क्रमणमुक्त भएको जानकारी दिएकी छिन् ।

रानाभाट दुई हप्ता अ,स्पताल बसाईंपछि फर्किएकी हुन् ।अ,स्पतालमा भर्ना भएको १३ दिनसम्म पनि निको नभएको भन्दै भगवतीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस र तस्बिर राख्दै सबैलाई कोरोनाबाट सावधानी रहन सचेतसमेत गराएकी थिइन् । सामाजिक सञ्जालमा कोरोनाको उ,पचार गराइरहेको तस्बिर राखेपछि उनलाई संसारभरका नेपालीले स्वास्थ्यलाभको कामना गरेका थिए ।

http://aarthikplus.com/archives/32240 लण्डनमा कोरोनासँग लड्दै नेपाली महिला

काठमाडाैं, १० चैत । अहिले बेलायत पनि कोरोना (कोभिड–१९) भाइरस संक्रमणको मारमा छ । बेलायतमा कोरोना संक्रमणबाट ठूलो नेपाली समुदाय पनि समस्यामा परेका छन् ।

यसैबीच बेलायतको लण्डनमा बस्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोना भाइरस संक्रमण भएको आफैले जानकारी गराएकी छिन् । बेलायतमा सामाजिक अभियान्ताको परिचय स्थापित गरेकी डा. भगवती रानाभाट आफूलाई कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएको जानकारी गराएकी छिन् ।

सामाजिक सञ्जालमा आफ्नो फोटो र स्टाटस पोष्ट गर्दै उनले कोरोना भाइरसबाट सचेत हुन सबैलाई आग्रह समेत गरेकी छिन् । उनले लेखेकी छन्, ‘यो संक्रमण अत्यन्तै पीडादायी हुँदोरहेछ, १३ दिनसम्म पनि निको हुने छाँटकाँट छैन ।’

उनले अरु सबै सचेत बनुन् र यो पीडा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको स्पष्ट पारेकी छिन् ।

लमजुङ तारकुघाटकी डा. रानाभाटले लेखेकी छिन्, ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै । यो महामारी कति पीडादायक हुँदोरहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाटै छैन।

फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाइलाई थप भयावह बनाउँला भन्ने लाग्यो तर सोचें सबैले सावधानी अपनाउन सक्नु हुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध ।’

शुक्रबारदेखि उनी लण्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन् । उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको जनाइएको छ ।

गत ८ तारिख दिउँसो उनी लण्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि भगवतीलाई उच्च ज्वरो सताएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
(नयाँ पेज )

सम्बन्धित समाचार शीर्षकहरु