मुख्य खबर

पश्चिम नेपालको आकाशमा यस्तो वस्तु देखियो, बम पड्केजस्तो आवाज (भिडियो सहित)

७६काठमाडौं,१४चैत:पश्चिम नेपालमो आकाशमा ज्वाला सहितको वस्तु देखिएको छ । आकाशमा आगोको ज्वाला जस्तो वस्तु उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको स्थानीयले बताएका छन् । आकाशमा ज्वाला देखिए लगत्तै ठूलो आवाज पनि आएको गुल्मीको रेसुङ्गा नगरपालिका सिमीचौरका लक्ष्मण थापाले बताए ।

‘पहिला माथिबाट अर्घाखाँचीतर्फ ज्वाला जस्तो बस्तु गयो, पछि चट्याङ्ग परेजस्तो आजाव आयो’, उनले भने ।  बाग्लुङ्गको रेडियो सारथीका स्टेशन मेनेजर कमल पौडेलले पनि आकाशमा ठूलो आवाज सहित ज्वाला जस्तो वस्तु गएको बताएका छन् । स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, प्युठानका स्थानियले आकाशमा अचम्मको वस्तु देखिएको सामाजिक सञ्जालमा लेखेका छन् । भिडियो हेर्नुहोस ।

(scotnepal.com)

सम्बन्धित समाचार शीर्षकहरु