Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

लोकबाजा संग्रहालयमा सर्जक शंकर सिहं विष्ट र गायिका चाँदनी मल्ल संग डेउडाका कुरा

Machhapuchchhre Bank Limited

   ३० बैशाख, काठमाण्डौँ- 



त्रिपुरेश्वरस्थित लोकबाजा संग्रहालयमा शुक्रबार आयोजित ‘लोक सांगीतिक यात्रा’ कार्यक्रममा  संगीत र संस्कृतिबारे जानकारी आदनप्रदान गर्ने क्रममा विष्ट र गायिका चाँदनी मल्लले सुदूरपश्चिमको जनजीवन, कलासंस्कृति, रहनसहनबारे अवगत गराएका थिए ।

विभिन्न स्कुल र क्याम्पसबाट आएका विद्यार्थी एवं संगीत पारखीले सर्जकद्वयलाई डेउडा र   देउडासम्बन्धी जिज्ञासा राखे । कसैले यसको प्रकार सोधे भने कोही देउडाभित्रका भाकाबारे जान्न इन्छुक देखिए । ‘देउडा वनगीतमा बाजागाजा चाहिन्छ कि चाहिँदैन ?’ बसुन्धारास्थित मोर्गन कलेजका एक विद्यार्थीले सोधे, ‘यो कस्तो खालको गीत हो ? कुन बेला गाइन्छ ?’

गायिका मल्लले देउडा वनगीत भनेको वन–जंगल जाँदा गाइने ठाडी भाका भएको र यसलाई बाजा नचाहिने बताइन् । ‘रेकर्ड गर्ने भए त चाहिहाल्यो,’ उनले भनिन्, ‘तर, गाउँघरमा यत्तिकै गाइन्छ । मान्छेले आफ्नो विरह पोख्न देउडा वनगीत गाउँछन् ।’ उनले सुदूरपश्चिममा लोकप्रिय चोर देउडा, देउडा घर गीत, होरी, छलिया, पुतला, भस्सो, फाग मांगलजस्ता भाकाबारे पनि पालैपालो जानकारी दिइन् ।

डोटीमै जन्मेहुर्केकी मल्ल देउडा गायनमा कहलिएकी नाम हुन् भने उनकै श्रीमान् विष्टचाहिँ गायनसँगै देउडा संस्कृति प्रचारप्रसारमा पनि संलग्न छन् । सातवटा देउडा गीति एल्बम निकालेका उनीहरूले दार्चुला  र बैतडीमा प्रचलित छलिया भाका र नृत्यलाई काठमाडौं ल्याएका थिए । ‘विसं. २०६० तिर हामीले प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानतिर छलिया नृत्य देखायौं,’ विष्टले भने, ‘गीतहरू रेकर्ड गर्‍यौं । त्यसपछि त पाँचतारे होटलमा समेत छलिया नाच्न/गाउन थालियो ।’

वीर रसमा आधारित छलिया भाका विजय उत्सव मनाउन गाइने रीत भएको विष्टले बताए । प्राय: भाँड जातिले यो गीत गाउँछन् । ढाल र तरबार खेलाउँदै छलिया नाचिन्छ । भडाहा  भाकामा भने कसैको वर्णन गरिने चाँदनीले बताइन् । हुडको बाजा बजाउँदै गाइने यो गीत अहिलेसम्म एकपटक मात्रै रेकर्ड भएको र त्यो रेकर्ड पनि हराइसकेको उनले जानकारी दिइन् । महिलाले गाउने पुतला र वीर रसमै आधारित भस्सोबारे पनि उनी थोरै बोलिन् ।

गाउँबाट अलि टाढा गएर समूहमा नाच्दै गाइने चोर देउडालाई विष्ट दम्पतीले ठटयौली लय भन्न रुचाए । स्थानीय भाषामा यसलाई ‘छोटी बस्ने’ समेत भनिँदो रहेछ । चाँदनीका अनुसार ‘राइझुमा…’ गीतलाई पनि चोर देउडाभित्र राख्न सकिन्छ । यो प्राय: युवा–युवतीबीच लोकप्रिय हुन्छ । ‘देउडाका धेरै श्रोता भने पाको उमेरका हुन्छन्,’ उनले भनिन्, ‘यसमा घरगाउँको वास्तविक कथा गाइने हुँदा पाकाहरूले नै बढी रुचाउने गरेको पाएकी छु ।’

कार्यक्रममा उनीहरूले देउडाबारे जानकारी दिँदै गर्दा बीचबीचमा अनेकन भाकाहरू पनि सुनाए । देउडासम्बन्धी एक/दुइटा भ्रम उजागर गर्न चाहे । ‘देउडा भाषा होइन,’ विष्टले भने, ‘यो संस्कृति हो । हाम्रो भाषा त खस हो नि । देउडा मुख्यत: गीत हो । कतिपय देउडा गीतमा नाच्न मिल्दैन । जस्तो कि, देउडा वनगीतमा । त्यसैले देउडालाई नाचभन्दा गीत भन्नु उपयुक्त हुन्छ ।’ विसं. २०५८ देखि लोक सांगीतिक यात्रा आयोजना गर्दै आएको संग्रहालयले विभिन्न भेगमा प्रचलित लोक गीत, बाजा र संस्कृतिबारे जानकार र युवा पुस्ताबीच संवाद गराउने गरेको छ । शुक्रबारको कार्यक्रममा पनि मोर्गन, द ट्रिपल जेम स्कुल लगायतका विद्यार्थी र संगीतकर्मीलाई उपस्थित गराएको थियो । ‘हाम्रा भाका/भाषाबारे युवा पुस्तालाई अवगत गराउनु हाम्रो लक्ष्य हो,’ संग्रहालयका रामप्रसाद कँडेलले भने, ‘प्रत्येक महिनाको अन्तिम शुक्रबार यस्तो जमघट हुन्छ ।’

प्रधानमन्त्री ओलीको थाइल्यान्डमा उपप्रधानमन्त्रीबाट स्वागत

प्रधानमन्त्री ओलीको थाइल्यान्डमा उपप्रधानमन्त्रीबाट स्वागत

वि.सं.२०८१ चैत १९ मंगलवार २२:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र...

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमिरे

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म,...

वि.सं.२०८१ चैत ३ आइतवार ०७:१४

  काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए एकता महाधिवेशन...

वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ : युवराज खतिवडा

वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ...

वि.सं.२०८१ फागुन २६ सोमवार १३:१५

  काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले एक दशकपछि कोही पनि...

नेपालमा लगानी गर्न इजरायका राजदूत मार्फत महासंघ अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न इजरायका राजदूत मार्फत महासंघ...

वि.सं.२०८१ फागुन १५ बिहीवार २०:१२

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

विश्वमै दुर्लभ बैकाल गैरी चरा नागदहमा फेला पर्यो

विश्वमै दुर्लभ बैकाल गैरी चरा नागदहमा फेला...

वि.सं.२०८१ फागुन १० शनिवार १७:४३

      काठमाडौं । विश्वमै अति दुर्लभ मानिएको हाँस...

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०२

  यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको...