CG Electronics
IME Life
NIMB

लोकबाजा संग्रहालयमा सर्जक शंकर सिहं विष्ट र गायिका चाँदनी मल्ल संग डेउडाका कुरा

NIMB
Himalayan Bank

   ३० बैशाख, काठमाण्डौँ- 



त्रिपुरेश्वरस्थित लोकबाजा संग्रहालयमा शुक्रबार आयोजित ‘लोक सांगीतिक यात्रा’ कार्यक्रममा  संगीत र संस्कृतिबारे जानकारी आदनप्रदान गर्ने क्रममा विष्ट र गायिका चाँदनी मल्लले सुदूरपश्चिमको जनजीवन, कलासंस्कृति, रहनसहनबारे अवगत गराएका थिए ।

विभिन्न स्कुल र क्याम्पसबाट आएका विद्यार्थी एवं संगीत पारखीले सर्जकद्वयलाई डेउडा र   देउडासम्बन्धी जिज्ञासा राखे । कसैले यसको प्रकार सोधे भने कोही देउडाभित्रका भाकाबारे जान्न इन्छुक देखिए । ‘देउडा वनगीतमा बाजागाजा चाहिन्छ कि चाहिँदैन ?’ बसुन्धारास्थित मोर्गन कलेजका एक विद्यार्थीले सोधे, ‘यो कस्तो खालको गीत हो ? कुन बेला गाइन्छ ?’

गायिका मल्लले देउडा वनगीत भनेको वन–जंगल जाँदा गाइने ठाडी भाका भएको र यसलाई बाजा नचाहिने बताइन् । ‘रेकर्ड गर्ने भए त चाहिहाल्यो,’ उनले भनिन्, ‘तर, गाउँघरमा यत्तिकै गाइन्छ । मान्छेले आफ्नो विरह पोख्न देउडा वनगीत गाउँछन् ।’ उनले सुदूरपश्चिममा लोकप्रिय चोर देउडा, देउडा घर गीत, होरी, छलिया, पुतला, भस्सो, फाग मांगलजस्ता भाकाबारे पनि पालैपालो जानकारी दिइन् ।

डोटीमै जन्मेहुर्केकी मल्ल देउडा गायनमा कहलिएकी नाम हुन् भने उनकै श्रीमान् विष्टचाहिँ गायनसँगै देउडा संस्कृति प्रचारप्रसारमा पनि संलग्न छन् । सातवटा देउडा गीति एल्बम निकालेका उनीहरूले दार्चुला  र बैतडीमा प्रचलित छलिया भाका र नृत्यलाई काठमाडौं ल्याएका थिए । ‘विसं. २०६० तिर हामीले प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानतिर छलिया नृत्य देखायौं,’ विष्टले भने, ‘गीतहरू रेकर्ड गर्‍यौं । त्यसपछि त पाँचतारे होटलमा समेत छलिया नाच्न/गाउन थालियो ।’

वीर रसमा आधारित छलिया भाका विजय उत्सव मनाउन गाइने रीत भएको विष्टले बताए । प्राय: भाँड जातिले यो गीत गाउँछन् । ढाल र तरबार खेलाउँदै छलिया नाचिन्छ । भडाहा  भाकामा भने कसैको वर्णन गरिने चाँदनीले बताइन् । हुडको बाजा बजाउँदै गाइने यो गीत अहिलेसम्म एकपटक मात्रै रेकर्ड भएको र त्यो रेकर्ड पनि हराइसकेको उनले जानकारी दिइन् । महिलाले गाउने पुतला र वीर रसमै आधारित भस्सोबारे पनि उनी थोरै बोलिन् ।

गाउँबाट अलि टाढा गएर समूहमा नाच्दै गाइने चोर देउडालाई विष्ट दम्पतीले ठटयौली लय भन्न रुचाए । स्थानीय भाषामा यसलाई ‘छोटी बस्ने’ समेत भनिँदो रहेछ । चाँदनीका अनुसार ‘राइझुमा…’ गीतलाई पनि चोर देउडाभित्र राख्न सकिन्छ । यो प्राय: युवा–युवतीबीच लोकप्रिय हुन्छ । ‘देउडाका धेरै श्रोता भने पाको उमेरका हुन्छन्,’ उनले भनिन्, ‘यसमा घरगाउँको वास्तविक कथा गाइने हुँदा पाकाहरूले नै बढी रुचाउने गरेको पाएकी छु ।’

कार्यक्रममा उनीहरूले देउडाबारे जानकारी दिँदै गर्दा बीचबीचमा अनेकन भाकाहरू पनि सुनाए । देउडासम्बन्धी एक/दुइटा भ्रम उजागर गर्न चाहे । ‘देउडा भाषा होइन,’ विष्टले भने, ‘यो संस्कृति हो । हाम्रो भाषा त खस हो नि । देउडा मुख्यत: गीत हो । कतिपय देउडा गीतमा नाच्न मिल्दैन । जस्तो कि, देउडा वनगीतमा । त्यसैले देउडालाई नाचभन्दा गीत भन्नु उपयुक्त हुन्छ ।’ विसं. २०५८ देखि लोक सांगीतिक यात्रा आयोजना गर्दै आएको संग्रहालयले विभिन्न भेगमा प्रचलित लोक गीत, बाजा र संस्कृतिबारे जानकार र युवा पुस्ताबीच संवाद गराउने गरेको छ । शुक्रबारको कार्यक्रममा पनि मोर्गन, द ट्रिपल जेम स्कुल लगायतका विद्यार्थी र संगीतकर्मीलाई उपस्थित गराएको थियो । ‘हाम्रा भाका/भाषाबारे युवा पुस्तालाई अवगत गराउनु हाम्रो लक्ष्य हो,’ संग्रहालयका रामप्रसाद कँडेलले भने, ‘प्रत्येक महिनाको अन्तिम शुक्रबार यस्तो जमघट हुन्छ ।’

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार...

वि.सं.२०८२ चैत १७ मंगलवार ०७:१८

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको...