यी हुन् नेपालका भावी प्रधानसेनापति

Friday May 19, 2017
वि.सं.२०७४ जेठ ५ शुक्रवार ०९:१९

५ जेठ, काठमाडौं- सरकारले सेनाका दुई रथीको पदावधि थप्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बलाधिकृत रथी बलदेवराज महत र बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको पदावधि थप्ने निर्णय गरेको हो। यो निर्णयसँगै नेपाली सेनामा भावी प्रधानसेनापतिको दौड लगभग सकिएको विश्लेषण गरिएको छ।
बैठकले बलाधिकृत रथी महतको तीनमहिने पदावधि थप गर्ने निर्णय गरेको थियो । पदावधि थपसँगै रथी महत आगामी १४ कार्तिकसम्म सो पदमै बाहाल हुनेछन्। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।