Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

लागू औषधसहित प्रकाउ परे सन्दिप योगी

Machhapuchchhre Bank Limited

५ जेठ, बाँके-  पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको खासकुस्मा नजिकै प्रहरी चेकिङ्गमा एक युवा लागू औषधसहित प्रकाउ परेका छन् । नेपालगन्जबाट दाङ्गतर्फ जाँदै गरेको बा ८० प २९४४ नं. को मोटरसाईकलमा सवार सन्दिप योगी प्रतिबन्धित लागू औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

‘प्रहरी चेकिङ्गमा आनाकानी गरेपछि खानतलासी लिने क्रममा प्रतिबन्धित तथा लागू औषधको रुपमा रहेको १५ पत्तामा रहेको ५८ ट्याब्लेट नाईट्रोजपाम र १ बोतल कोरेक्स बरामद भएको छ ।’-प्रहरी उपरीक्षक राईले भने ।

लागू औषधसहित प्रहरी नियन्त्रणमा परेका योगीको साथबाट न्यूज २४ टिभिमा कार्यरत रहेको परिचयपत्र समेत भेटिएको प्रहरीले जनाएको छ ।

केही समय पहिला पनि योगीले नेपालगन्जको भेरी अञ्चल अस्पतालमा ‘स्टीङ्ग अपरेशनको’ नाममा अस्पतालमा कार्यरत नर्सिङ्ग स्टाफलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका योगीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याउदै गरेको प्रहरीले जनाएको छ । लोकमान कार्कीको फोटो खिच्ने प्रकरणमा समेत योगी चर्चामा रहेका थिए । योगीलाई थप अनुसंधान गरी लागू औषध कारोबार ऐन अन्तरगत कारवाही प्रकृया अघि बढाउने प्रहरी उपरीक्षक राईले जानकारी दिए ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...