CG Electronics
IME Life
NIMB

नेपाल चलचित्र पत्रकार संघद्वारा ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

९ जेठ, काठमाण्डौँ-  नेपाल चलचित्र पत्रकार संघले आफ्नो १८औँ वार्षिकोत्सव मनाउँदै ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान गरेको छ । यो वर्ष चलचित्र पत्रकारिता सम्मानबाट नवराज लम्साल सम्मानित भए । त्यस्तै, चलचित्र पत्रकारिता पुरस्कारबाट पारस पौडेल र विजय सुवेदी ‘आवाज’लाई पुरस्कृत गरियो । पौडेल र सुवेदीलाई सम्मानपत्र, ट्रफी र २१ हजार रुपैयाँ प्रदान गरियो ।

काठमाडाैँमा आइतबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र कलाकार हरिवंश आचार्यले सम्मान तथा ट्रफी हस्तान्तरण गरे । यही वर्षबाट सुरु गरिएको ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ स्वेच्छा राउतले पाइन् । उनलाई सम्मानपत्र, ट्रफी र ल्यापटप प्रदान गरियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले चलचित्र पत्रकारहरूले नेपाली चलचित्र क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको बताए भने कलाकार हरिवंश आचार्यले चलचित्र पत्रकारिता थप व्यावसायिक हुँदै गएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा कलाकार दीपक क्षेत्रीको उपचारका लागि चलचित्र पत्रकार संघको पहलमा संकलन भएको सात लाख ३ हजार ३ सय ३५ रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो । संघका अध्यक्ष सन्दीप सापकोटाको सक्रियतामा प्रारम्भ भएको रकम संकलन अभियान विदेशसम्म पुगेको थियो ।

अध्यक्ष सापकोटाले संघले चलचित्र पत्रकारको हकहितका लागि सधैँ काम गरिरहने प्रतिबद्धता व्यक्त गरे । पुरस्कार प्राप्त गरेपछि पत्रकार विजय सुवेदीले चलचित्र पत्रकारितामा थप ऊर्जा मिलेको सुनाए । ‘जुन तरिकाले विभिन्न आरोह–अवरोह आउँदा पनि काम गरेँ, त्यसको प्रतिफल मिलेको आभाष भएको छ,’ उनले भने, ‘आगामी दिनमा अझै सशक्त चलचित्र पत्रकारिता गर्नेछु ।’ पुरस्कृत पौडेल र राउतले पनि संघप्रति आभार जनाए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष भरत शाक्य र पूर्वअध्यक्ष विदुर गिरीले चलचित्र पत्रकारिता अझ परिस्कृत बन्दै गएकोमा सन्तुष्टि व्यक्त गरे । संघले हरेक वर्षको जेठ ७ गते स्थापना दिवस मनाउँदै आएको छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...