राष्ट्रपतिको स्वागतको लागि संसद सचिवालयमा तयारी तीब्र
Thursday May 25, 2017
वि.सं.२०७४ जेठ ११ बिहीवार ०७:५९
११ जेठ, काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको नीति तथा कार्यक्रम आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको व्यवस्थापिका संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति संसद आउने भएपनि संसद सचिवालयले उनको स्वागतका लागि तयारी तीब्र पारेको छ ।