Nabil Bank
Everest Bank Limited
prabhubank

स्थानीय तहको चुनावलाई ध्यानमा राखी नेपाल-भारत सीमा सुरक्षा बैठक

मिडिया स्पेस सोलुसन्स प्रालि

१२ जेठ, बाँके- नेपालगन्ज । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावलाई ध्यानमा राखी नेपाल-भारत सीमा सुरक्षा बैठक बाँकेको नेपालगञ्जमा भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा भएको बैठकमा नेपालतर्फबाट बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी तथा भारततर्फबाट बहराइच र श्रावस्तीका सुरक्षा अधिकारीहरु सहभागि भएका छन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार, बैठकमा आसन्न स्थानीयतहको निर्वाचनलाई हुने सुरक्षा चुनौति विरुद्ध भारतीय सुरक्षाको साथ खोजिने छ ।

निर्वाचनका क्रममा खुला सीमानाका कारण सुरक्षा चुनौति बढ्ने गरेको छ । त्यसलाई दृष्टिगत गरी मतदानको ४८ घण्टा अगाडी नेपाल-भारत सीमाना शिल गर्ने तयारी गरिएको छ ।

बैठकमा सहभागी हुन जाँदै नेपाल र भारतका प्रतिनिधीहरू
सीमामा हुने अपराधिक घटना न्यूनिकरण नै मुख्य एजेण्डा भएको आजको बैठकमा लागु पदार्थको अवैध कारोबारदेखि मानव बेचविखन तथा ओसारपोसारका घटना न्यूनिकरणको बिषयले पनि प्रवेश पाउने छ ।

जारी बैठकमा बाँकेका प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश तेजनारायण पौडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णु थापा, दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काप\mले, भारत बहराइचका डिएम अजयदिप सिंह र श्रावस्ती जिल्लाका डिएम दिपक मिन्हालगायत उच्च सुरक्षा निकायका अधिकारीहरुको सहभागिता रहेको छ ।

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...