Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

तिन दल बीच सहमति, संसद अवरोध खुल्ने

Machhapuchchhre Bank Limited

१३ जेठ,  काठमाडौँ– व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी राखेको अवरोध खुल्ने भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा भएको शीर्ष तीन दलको बैठकमा सहमति जुटेपछि आजदेखि संसदको नियमित प्रक्रिया अघि बढ्ने भएको हो ।

सहमतिबारे जानकारी दिँदै सभामुख ओनसरी घर्तीले भनेकी छिन्, ‘अन्ततः सहमति गराउने मेरो प्रयास सफल भयो, संसद खुल्ने भयो,नेताज्युहरुलाई धन्यवाद छ।’

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको मागहरु वैशाख ३१ को पहिलो चरणको निर्वाचनमा विभिन्न ठाउँमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता गर्न र टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन सत्तापक्ष सहमत भएपछि संसद बैठक अघि बढाउने सहमति भएको हो ।

बैठकमा सहभागी नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टीको माग सम्बोधन गर्न सत्तापक्ष तयार भएकाले आजैदेखि संसद्को बैठक सुचारु हुने बताए ।

उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा पनि छलफल भएको बताए ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको स्थानीय निर्वाचन सुनिश्चित गराउन र सरकारको नीति तथा कार्यक्रम पारित गराउनलगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिका साथ अघि बढ्ने समझदारी भएको थियो ।

सरकारले तराई–मधेसका जिल्लाहरुमा स्थानीय तहको संख्या थप गरेको विरोधमा प्रमुख प्रतिपक्षी दलले तीन दिनदेखि संसद चल्न दिएको थिएन ।

सरकारले उक्त निर्णय राजपत्रमा प्रकाशित गरे पनि हिजो मात्र सर्वोच्च अदालतले सरकारलाई सो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

सभामुखले हिजो पनि शीर्ष दलहरुको बैठक बोलाएकी थिइन् तर हिजोको बैठकमा शीर्ष दलका नेताहरु उपस्थित नभएपछि बैठक बस्न सकेको थिएन ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८ गते आह्वान

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:३६

काठमाडाै । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले...

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो, नेपालमा कति बढ्छ ?

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो,...

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:१२

पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ।...

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक उपभोग्य वस्तुको भाउ, सरकार रमिते

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक...

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०८:०८

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन...

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति भयो कारोबार ?

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति...

वि.सं.२०७९ कात्तिक २८ सोमवार १९:०६

सोमबार सेयर बजार परिसूचक (नेप्से) २१.२६ अंकले बढेको छ। यसअघिका...