Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

ढाड दुखाइबाट बच्न यसो गर्नुस

तपाईं निरन्तर ढाड दुखिरहेको अनुभव गरिरहनुभएको छ ? यदि हो भने दुखाई अनुभव गर्ने तपाई मात्र एक्लो भने होइन । संसारमा हरेक १० जनामध्ये १ जना यस्तो समस्याबाट पीडित रहेको पाइन्छ । ढाड दुख्ने समस्याले अन्य रोगले भन्दा अझै बढी अशक्त बनाउने गरेको बताइन्छ ।  विज्ञहरुका अनुसार ढाड दुख्नका विभिन्न कारणहरु भए पनि एउटा महत्वपूर्ण कारण भने गलत आसनमा बस्नु नै हो । यसको अर्थ तपार्इं उभिदा वा बस्दा राम्रो आसन ग्रहण गर्दा ढाड र घाटी दुःख्ने समस्या लगायत अन्य कम्जोरीपनबाट मुक्त हुन सक्नुहुनेछ ।

कुर्चीमा बस्दा आफू ठीक आसनमा छु भनेर कसरी बुझ्ने त ? ‘तपाईंले आफ्नो शरिरको आसनलाई  गम्भीर ढंगले एउटा उपयुक्त अवस्थामा कायम गर्नुपर्छ ताकी जोर्नी, मांशपेशीलाई न्यून चोट परोस्’ स्पोर्टस् थेरापिष्ट मेघा भाटनगर भन्छन् ।

सिप योग्य जागिर खान घन्टौंसम्म कुर्चीमा बस्नुपर्ने अहिलेको आधुनिक सहरिया जीवन शैलीमा हाडजोर्नी तथा नसा सम्बन्धी स्वास्थको राम्रो ख्याल गर्नुपर्ने देखिन्छ । सबैभन्दा पहिलो सजिलो उपाय भनेको बस्दा खेरी दायाँ आसनलाई ध्यान दिनुपर्छ । सिड्नी स्कुल अफ पब्लिक हेल्थ स्टडिका अनुसार ढाड दुख्ने समस्याका कारण एशिया र अफ्रिकाका केही भागमा यसले महामारीको रुप लिन थालेको छ ।

‘दीर्घकालिन रुपमा अनुचित आसनमा बस्दा निरन्तर घाँटी र ढाडको समस्या हुन्छ । तसर्थ बस्दा र उभिदा निकै असल आसनमा रहनु महत्वपूर्ण हुन्छ,’ भारतको इन्द्रप्रस्था एपोलो अस्पतालका हाड जोर्नी सम्बन्धि विज्ञ डा राजु भाइस्या भन्छन् ।

के हो राम्रो आसन ?
कुर्चीमा कसरी राम्रो आसनमा बस्ने त ? ढाडलाई  सिधा पारेर  छाती उचो पारेर बस्नुहोस् । तपाई‌को नितम्बले तपाई बसिरहेको कुर्चीलाई छुनैपर्छ । बस्दाखेरी तीनैओटा ब्याक कर्भले कुची छुनुपर्छ । तपाईको आसनलाई उपयुक्त रुपमा मिलाउनका लागि एउटा गम्छापनि प्रयोग गर्न सकिन्छ । राम्रो आसन ग्रहणका लागि कुर्चीको अन्तिम भागसम्म बस्नुहोस् र शरिरको माथिल्ले आधा भाग तल झुकाउनुहोस् । त्यसपछि  माथि तनक्क तन्किनुहोस् र सम्भव भएसम्म तपाईंको ढाडको कर्भलाई अलि जोड दिनुहोस् ।

कुर्चीमा बस्दा तपाई घुँडालाई हिपभन्दा हल्का अग्लो पारेर बस्नुहोस् । यसरी बस्दा तपाईको खुटा एक अर्कालाई कहिल्यै नबेर्नुहोस वा नबर्टानुहोस् ।
बीएलके सुपर स्पेसिअलिटी हस्पिटलका न्यूरो चिकित्सक यसपाल सिंहका अनुसार एउटै पोजिसनमा ३० मिनेट भन्दा बढी बस्नु हँुदैन । तपार्इंले आफ्नो कुर्चीको उचाईमा ख्याल गर्नुपर्छ ताकी तपाईंको तीघ्रा र पिडौलामा असुबिधा नहोस् ।

त्यसैगरी बस्दा खेरी कम्मर बंग्याएर कहिल्यै नबस्नुहोस् । उभिदा पनि खुट्टाकै भरमा सिधा उभिनुहोस् । झुकेर वा हातको टेको लगाएर वा बांगिएर कहिल्यै नउभिउनुहोस् ।
स्वास्थ्य खबर पत्रिकाबाट 

नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण, बुबालाई छोराको कलेजो दान

नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण, बुबालाई...

वि.सं.२०८२ जेठ २९ बिहीवार १३:४८

  काठमाडौं । नेपाल मेडिसिटीमा पहिलोपटक सफस कलेजो प्रत्यारोपण गरिएको...

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त...

वि.सं.२०८२ जेठ २२ बिहीवार २२:५७

  काठमाडौं ।  ‘धुम्रपानरहित दिवश’को अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठान...

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १०...

वि.सं.२०८२ जेठ १९ सोमवार २३:३३

  काठमाडौं । आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह...

अन्तराष्ट्रिय नर्सिङ दिवसः ‘एआइले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन’ डा. साविहा यासमिन

अन्तराष्ट्रिय नर्सिङ दिवसः ‘एआइले नर्सिङ पेशालाई रिप्लेश...

वि.सं.२०८२ वैशाख २८ आइतवार २३:५१

  काठमाडौं । विज्ञान र प्रविधिले पछिल्लो समय विकास गरेको...

अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट...

वि.सं.२०८२ वैशाख २४ बुधवार १४:२८

काठमाडौं । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट...

एनआइएचएस र नेपाल लाइफको साझेदारीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर हुँदै

एनआइएचएस र नेपाल लाइफको साझेदारीमा दुईदिने निःशुल्क...

वि.सं.२०८२ वैशाख २१ आइतवार ००:१४

  काठमाडौं । नागरिकको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल...