IME Life
NIMB

ढाड दुखाइबाट बच्न यसो गर्नुस

NIMB
Himalayan Bank

तपाईं निरन्तर ढाड दुखिरहेको अनुभव गरिरहनुभएको छ ? यदि हो भने दुखाई अनुभव गर्ने तपाई मात्र एक्लो भने होइन । संसारमा हरेक १० जनामध्ये १ जना यस्तो समस्याबाट पीडित रहेको पाइन्छ । ढाड दुख्ने समस्याले अन्य रोगले भन्दा अझै बढी अशक्त बनाउने गरेको बताइन्छ ।  विज्ञहरुका अनुसार ढाड दुख्नका विभिन्न कारणहरु भए पनि एउटा महत्वपूर्ण कारण भने गलत आसनमा बस्नु नै हो । यसको अर्थ तपार्इं उभिदा वा बस्दा राम्रो आसन ग्रहण गर्दा ढाड र घाटी दुःख्ने समस्या लगायत अन्य कम्जोरीपनबाट मुक्त हुन सक्नुहुनेछ ।

कुर्चीमा बस्दा आफू ठीक आसनमा छु भनेर कसरी बुझ्ने त ? ‘तपाईंले आफ्नो शरिरको आसनलाई  गम्भीर ढंगले एउटा उपयुक्त अवस्थामा कायम गर्नुपर्छ ताकी जोर्नी, मांशपेशीलाई न्यून चोट परोस्’ स्पोर्टस् थेरापिष्ट मेघा भाटनगर भन्छन् ।

सिप योग्य जागिर खान घन्टौंसम्म कुर्चीमा बस्नुपर्ने अहिलेको आधुनिक सहरिया जीवन शैलीमा हाडजोर्नी तथा नसा सम्बन्धी स्वास्थको राम्रो ख्याल गर्नुपर्ने देखिन्छ । सबैभन्दा पहिलो सजिलो उपाय भनेको बस्दा खेरी दायाँ आसनलाई ध्यान दिनुपर्छ । सिड्नी स्कुल अफ पब्लिक हेल्थ स्टडिका अनुसार ढाड दुख्ने समस्याका कारण एशिया र अफ्रिकाका केही भागमा यसले महामारीको रुप लिन थालेको छ ।

‘दीर्घकालिन रुपमा अनुचित आसनमा बस्दा निरन्तर घाँटी र ढाडको समस्या हुन्छ । तसर्थ बस्दा र उभिदा निकै असल आसनमा रहनु महत्वपूर्ण हुन्छ,’ भारतको इन्द्रप्रस्था एपोलो अस्पतालका हाड जोर्नी सम्बन्धि विज्ञ डा राजु भाइस्या भन्छन् ।

के हो राम्रो आसन ?
कुर्चीमा कसरी राम्रो आसनमा बस्ने त ? ढाडलाई  सिधा पारेर  छाती उचो पारेर बस्नुहोस् । तपाई‌को नितम्बले तपाई बसिरहेको कुर्चीलाई छुनैपर्छ । बस्दाखेरी तीनैओटा ब्याक कर्भले कुची छुनुपर्छ । तपाईको आसनलाई उपयुक्त रुपमा मिलाउनका लागि एउटा गम्छापनि प्रयोग गर्न सकिन्छ । राम्रो आसन ग्रहणका लागि कुर्चीको अन्तिम भागसम्म बस्नुहोस् र शरिरको माथिल्ले आधा भाग तल झुकाउनुहोस् । त्यसपछि  माथि तनक्क तन्किनुहोस् र सम्भव भएसम्म तपाईंको ढाडको कर्भलाई अलि जोड दिनुहोस् ।

कुर्चीमा बस्दा तपाई घुँडालाई हिपभन्दा हल्का अग्लो पारेर बस्नुहोस् । यसरी बस्दा तपाईको खुटा एक अर्कालाई कहिल्यै नबेर्नुहोस वा नबर्टानुहोस् ।
बीएलके सुपर स्पेसिअलिटी हस्पिटलका न्यूरो चिकित्सक यसपाल सिंहका अनुसार एउटै पोजिसनमा ३० मिनेट भन्दा बढी बस्नु हँुदैन । तपार्इंले आफ्नो कुर्चीको उचाईमा ख्याल गर्नुपर्छ ताकी तपाईंको तीघ्रा र पिडौलामा असुबिधा नहोस् ।

त्यसैगरी बस्दा खेरी कम्मर बंग्याएर कहिल्यै नबस्नुहोस् । उभिदा पनि खुट्टाकै भरमा सिधा उभिनुहोस् । झुकेर वा हातको टेको लगाएर वा बांगिएर कहिल्यै नउभिउनुहोस् ।
स्वास्थ्य खबर पत्रिकाबाट 

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सम्पन्न, मेडिसिटीद्वारा ८ जना बिरामीलाई निःशुल्क सेवा प्रदान

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५२

  काठमाडौँ । नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था...

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.संकल्प केसी

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको...

वि.सं.२०८३ जेठ २० बुधवार १५:४२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...