एसिड पीडितलाई सहयोगको अपिल

Monday May 29, 2017
वि.सं.२०७४ जेठ १५ सोमवार ०८:११

सन्तोष दाहाल/ ८ जेष्ठ ललितपुर- ललितपुर जिल्लाको प्युटारमा अपरान्ह ४ बजे अबोध यी बालक ९ बर्षिया करण ब्लोन तामाङलाई ३ जनाको समुहमा रहेको अपराधिक समुहले कुटपिट गरि दुई जनाले समाएर एक जनाले एसिड खुवाएर घाइते पारिएको छ।
सो कुरा पीडितले साङकेतिक भाषामा बताएका छन । अहिले बिगत ७ दिनदेखी काठमाडौको टिचिङ हस्पिटलको तेश्रो तल्लाको ९१७ नम्बरको बेडमा डा सुधा बस्नेतको नेतृत्वमा उपचार भैरहेको छ ,स्वास्थ्यमा सुधार आएपनी बोल्न ,खाना खान ,झोलिलो पदार्थ खाना सकिरहेको छैन ।
ललितपुरको रोल्पा भनेर चिनिने प्युटार गाबिस वर्डा न ४ सिम्लेको सामन्य तामाङ परिवारमा जन्मिएका एसिट पिडित करणको बुबा अष्टबहादुर ब्लोन,आमा कान्छिमाया भुलुन,दाइ मिथुन ,किरण ,दिदी श्रीदेबी ब्लोन तामाङ गरि ६ जनाको परिवार रहेको बिहान,बेलुका नै हातमुख जोर्न गार्हो अवस्थामा रहेको यो तामाङ परिवारको घरमा बस्तुभाउमा ६/७ वटा बाख्रा,कुखुरा दुई वटा र गाई एउटा र बाच्छो एउटा रहेको छ ।
आर्थिक अभाबका कारण उपचारमा कठिनाई भएकाले काभ्रेका थाङका ब्यवासायी काजिमान स्याङबो तामाङले रु ५ हजार,समिट आर्ट समिट ट्राभल्स एण्ड टुर्स महाराजगन्ज ,काठमाडौका प्रबन्ध निर्देशक सोमबहादुर लो तामाङले रु ५ हजार र रामेछाप घर भई हाल तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान तामाङले रु १० हजार सहयोग गर्नु भएको छ ,यश एसिट पिडित करण ब्लोन तामाङलाई बचाउन र अपराधिलाई खोजतलास गरि कानुनी दायरामा ल्याउन स्वैच्छिक रुपमा आर्थिक सहयोग एसिट पिडिट करण ब्लोन तामाङको आमा कान्छिमाया लो तामाङको मोबाईल न ९८६१५७०२९६ र बुबा अष्टबहादुर ब्लोन तामाङको मोबाईल ९८६० ५१७२६९ मा सम्पर्क गर्नु भएर प्रत्यक्ष सहयोग गर्नुहुन सबै स्वदेश तथा बिदेशमा रहनुहुने सहयोगी महानुभाबहरुमा सादार अनुरोध गर्दछौ ।