Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

विद्यालयमा आगजनि हुदा दुई करोड बढिको क्षति

Machhapuchchhre Bank Limited

उत्तम चौलागाँई/ १६ जेठ, खोटाङ- अज्ञात समूहले खोटाङको एक विद्यालयमा आगजनी गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जालपास्थित ज्योति माविमा गएराति आगजनी भएको छ ।
रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको ज्योति माविमा गएराति करिब १२ बजेको समयमा आगजनी भएको हो ।

मध्यरातमा भएको आगजनीबाट विद्यालयको नौवटा कक्षा कोठा, कार्यालय, कागजपत्र, पुस्तकालय, फर्निचर लगायतका सामग्री जलेर नष्ट भएको प्रधानाध्यापक टिकाबहादुर श्रेष्ठले बताए ।

जिल्लाको नमूना मानिएको विद्यालयमा आगजनी हुँदा साढे दुई करोड भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

विद्यालयमा किन आगजनी गरियो भन्ने खुल्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईले जानकारी दिए । आगलागीबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक नवीनकिशोर प्रधानको टोली घटनास्थल पुगेको छ ।

विद्यालयमा भएको आगलागी अज्ञात समूहले सुनियोजित तरिकाले गरेको हुनसक्ने स्थानीयको अनुमान छ । घटनाको प्रकृति हेर्दा पेट्रोल छर्केर आगजनी गरेको हुनसक्ने अनुमान गरिएको घटनास्थल पुगेका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए ।

कारोवार दैनिकमा समचार छ ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...