अमेरिकाले गर्यो एन्टी–मिसाइल सिस्टमको परिक्षण
Wednesday May 31, 2017
वि.सं.२०७४ जेठ १७ बुधवार ०८:५२
१७ जेठ एजेन्सी – उत्तर कोरियाको लगतार परमाणु परिक्षणका बिच अमेरिकाले एन्टी–मिसाइल सिस्टमको परिक्षण गरेको छ । यो इन्टर कन्टिनेन्टल ब्यालिस्टिक मिसइलले समस्त मिसाइल हमलालाई विफल गरिदिने बताएको छ । स्मरण रहोस्, अन्तर्राष्ट्रिय दबाब र कडा प्रतिबन्धका बाबजूद उत्तर कोरिया लगातार परमाणु परिक्षण गरिरहेको जसको जवाफमा अमेरिकाले यो परिक्षण गरेको हो ।
अमेरिकी सेनाले उत्तर कोरियाको न्यूक्लियर र मिसाइल टेस्टको बढ्दो खतराका बिच अमेरिकाले पहिलो पटक एन्टी मिसाइल सिस्टम टेस्ट गरेको हो ।
उक्त सिस्टम इन्टर कन्टिनेन्टल ब्यालेष्टिक मिसाइल (आइसीबीएम) समेत अन्य मिसाइल हमलालाई बिफल गर्नका लागि बनाइएको बताइएको छ । मिसाइल डिफेन्स एजेन्सीका निर्देशक वाइस एडमिरल जिम सेरिंगले भने, ‘जटिल, खतरनाक, आइसीबीएमको लक्ष्यलाई विफल गर्नु अविश्वसनीय उपलब्धी हो र हामीले यस्तो गरेर यो क्षेत्रमा निकै ठूलो उपलब्धी हाँसिल गरेका छौं ।’
स्मरण रहोस्, उत्तर कोरियाले सोमबार यस वर्षको नवौं परमाणु परिक्षण गरेको छ ।
योभन्दा अघि उत्तर कोरियाले २१ मे मा पूर्वी तटबाट एक ब्यालेस्टिक मिसाइल टेस्ट गरेको थियो ।