Nabil Bank
Everest Bank Limited
prabhubank

यसो भन्छन काबुल विस्फोटका प्रत्यक्षदर्शी

मिडिया स्पेस सोलुसन्स प्रालि

 

१७ जेठ, काबुल– अफगानिस्तानको राजधानी काबुलमा विदेशी दूतावासहरु रहेको क्षेत्रमा ठूलो विस्फोट भएको छ । अहिलेसम्मकै ठूलो विस्फोट भनिएको उक्त घटनामा आत्मघाती कार बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मारिनेको संख्या ८० पुगेको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् ।

घटनाको बेला त्यहीँ रहेका संयुक्त राष्ट्रसंघको कार्यालयमा काम गर्ने भारतीय नागरिक राजेश भाटले यसरी आफ्नो अनुभव सुनाए :

सडक नम्बर १७ मा वजीर मोहम्मद अकबर खान क्षेत्रमा एक मन्त्रालय रहेको छ । यो जर्मन दूतावासको नजिक रहेको छ ।

म त्यहाँ करिब ८ बजेर २८ मिनेटमा पुगेको थिएँ । आठ बजेर ३२ मिनेटमा विस्फोट भयो ।
मलाई अहिले यहाँबाट सुरक्षाबल अफिस फिर्ता लगिरहेका छन् ।

जब धमाका भयो यस्तो लाग्यो कि कसैले मेरो मुटु थिचिदियो र फेरि एकै चोटी छाडिदियो ।

मुटु नै काम्ने आवाज थियो । पहिले भवनहरु हल्लियो र त्यसपछि ठूलो आवाज आयो । ठूलो धुँवाको मुस्लो देखियो । भवनहरुमा आगो लागिरहेको थियो । नेशनल डिफेन्स सर्भिस रहेको भवनमा नजिकैनै विस्फोट भएको थियो ।

विस्फोट हुँदा म भवनभित्र थिएँ । धमाका लगत्तै हामीलाई वेसमेन्टमा लगियो । हामी सबै भागेर त्यहाँ पुग्यौँ । रमजानको महिना भएकाले मानिसहरु भोकै थिए । डरिरहेका थिए । मेरो वरिपरी रहेका सबैजना कुरानको श्लोकहरु गुन्गुनाउँदै थिए ।

मैले तीन जना मृतकलाई पनि देखेँ । उनीहरु हमलावर थिए वा सर्वसाधारण छुट्याउन सकिँन ।

बाहिर एक जना व्यक्तिको एउटा हात नै थिएन । उनी पनि मरिसकेको जस्ते लाग्यो । धेरै जना अंगभंग भएका थिए ।

यहाँ हालत निकै खराब छ । सुरक्षाकर्मीले क्षेत्रलाई पूरै नियन्त्रणमा लिएका छन् । यहाँबाट भारतीय दूतावास पनि धेरै टाढा छैन ।

जब कुनै आत्मघाती हमलावरले यस्तो योजना बनाउँछन् । तपाईं केही पनि गर्नुसक्नु हुन्न । सबैतिर फलामको पर्खाल त बनाउन सकिन्न ।

आत्घाती हमलावरलाई आफ्नो ज्यानको पर्वाह हुँदैन । उनीहरुलाई मात्र कसरी धेरै जनालाई मार्न सकिन्छ भन्ने ध्यान हुन्छ । यो दुस्साहसमा उनीहरु त मारिन्छन् नै उनीहरुले आफ्नो लक्ष्य भने पूरा गर्छन् ।

यहाँ सुरक्षा कडा भए पनि आत्मघाती हमलाहरु पनि भइरहन्छ । केही समयपछि सुरक्षाकर्मीहरु आएर मलाई कार्यालय लैजान आए ।

हाम्रो गाडीमा संयुक्त राष्ट्रंघको लोगो छ तैपनि बाटोमा यसलाई ठाउँ–ठाउँमा रोकेर सोधपुछ गरिएको छ ।

म तीन सुरक्षाकर्मीसँग बख्तरबन्द गाडीमा छु । मेरो लागि कुनै जोखिम छैन । तर, यहाँका मानिसहरु स्तब्ध छन् ।

तर, यहाँ कसैको लाश देख्नु सामान्य बनेको छ । मानिसहरु अरुको लाश देखेर आफ्नो जीवनको सुरुवात गर्ने गरेका छन् ।
बिबिसी

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...