Nabil Bank
Everest Bank Limited
prabhubank

हत्यारालाई प्रशासनले पक्राउ नगरेको भन्दै एमालेका नेता पुगे राष्ट्रिय मानव अधिकार आयोगसमक्ष

मिडिया स्पेस सोलुसन्स प्रालि

१८ जेठ,  काठमाडौँ- नेकपा एमालेका नेता तथा सांसदहरुले दोलखाको जुँगु निवासी कुलबहादुर तामाङको हत्यामा संलग्न नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्तालाई प्रहरी प्रशासनले पक्राउ नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । एमाले नेता तथा दोलखाका सांसदत्रय पशुपति चौलागाई, पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेल र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहितको टोली बिहीवार हरिहर भवनस्थित मानव अधिकार आयोग पुगी कार्यबहाक अध्यक्ष प्रकाश वस्तीको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय तह निर्वाचनको क्रममा गत बैशाख २६ गते दोलखाको गौरीशंकर गाउँपालिका वडा नं १ निवासी कुलबहादुर तामाङलाई जुगुको रेशमडाँडामा माओवादी नेतृ देवी खडकासहितका माओवादी नेता कार्यकर्ताले चारैतिरबाट घेरा हाली समातेर भाला रोपी हत्या गरेका थिए । स्थानीय लक्ष्मण जिरेलको होटलमा खाना खाने तयारी गरिरहेको बेला खडका नेतृत्वमा आएको माओवादी आततायी समुहले हवाई फायर, बिष्फोट गराएप्छि भागेका तामाङलाई नजिकै रहेको निलकण्ठेश्वर उच्चमाविको प्रांगणमा लगेर भाला रोपिएको थियो ।

माओवादी समुहको लगातारको भाला प्रहारबाट भुईमा ढलेका तामाङको आवाज बन्द गर्न उनको मुखमा इटा कोचिएको थियो । हत्या गरेको २३ दिनपछि नेकपा माओवादी केन्द्र दोलखाले अभियुक्तको बचाउँ गर्दै उल्टै धम्की दिएपछि एमाले नेताहरुले मानव अधिकार आयोग गुहारेका हुन । तामाङको क्रुरतापूर्वक हत्यापछि फरार रहेका माओवादी नेताहरुले पीडितका परिवारलाई मार्ने धम्की दिएको, मृतकका छोराछोरी बिद्यालयसमेत जान नसकेको र गाउँमा बस्न असुरक्षित भएपछि मृतकका परिवार सदरमुकाम आएको जानकारी दिई एमाले नेताहरुले अभियुक्तलाई जोगाउने र पीडितलाई न्याय नदिने गम्भीर गाडयन्त्र देखिएको भन्दै छानविन गरी न्याय दिलाउन आग्रह गरे ।

माओवादीले हत्यारालाई जोगाउनु पर्ने आसयसहित बुधवार मात्रै अनुसन्धानलाई नै प्रभावित पार्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दोलखामा बुझाएको ध्यानाकर्षण पत्र बुझाएका छन । ध्यानाकर्षण पत्रमा माओवादीले प्रहरीले उद्धार गरी उपचारको लागि पठाएको कुलबहादुरको हत्यामा प्रहरी माथि नै गम्भीर प्रश्न उठाएको छ । एमाले नेताहरुले माओवादीको सो काम अपराधी बचाउने सुनियोजित योजनाका साथ आएको बताए ।

‘सरकारमा रहेको एउटा जिम्मेवार पार्टी माओवादी केन्द्रले आफ्नै सरकारले गरिरहेको अनुसन्धानलाई चुनौती दिँदै ध्यानाकर्षणपत्रको नाममा शहिद कुलबहादुर तामाङको हत्यारालाई उन्मुक्ति दिने कुत्सित मनसाय देखिन्छ, थप आपराधिक मानसिकता पनि प्रस्तुत भएको छ, यसरी हत्या गरी खुलेआम मानवअधिकार हनन गर्दै हिडने छुट हुनुहुन्न,’ आयोग नेतृत्वसमक्ष एमाले नेताहरुको भनाई थियो । मओवादी नेतृ देवी खडका र बिशाल खडकाकै प्रत्यक्ष संलग्नतामा तामाङको हत्या गरिएको उनीहरुले बताए । ‘माओवादी केन्द्रका नेतृ देवी खड्का, विशाल खड्कालगायतले नेतृत्व गरी हाम्रो पार्टीको तर्फबाट उठाइएका वडा सदस्यका उम्मेदवार गोरे तमाङको छोरा कुलबहादुरको हत्या गरेका हुन, बसिरहेको बेला चारैतिरबाट घेरा हाली आक्रमण गर्दा शिक्षक दिलबहादुर बुढाथोकी गम्भीर घाइते हुनुभई त्रिबि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ, त्यो अमानवीय कार्यमा संलगनलाई कानूनी दायरामा ल्याउन आयोगको भुमिका हुनुपर्छ,’ एमाले नेताहरुको भनाई छ ।

बिहीवार नै मृतक तामाङका श्रीमती र छोराछोरीको तर्फबाट आयोगमा उजुरी दर्ता भएको छ । उजुरीमा आफूहरुमाथि पूर्वराज्यमन्त्री देवी खडका र बिशाल खडकासहितका हत्यामा संलग्न माओवादी नेतृत्वबाट बारम्बार ज्यान मार्ने धम्की आइरहेको उल्लेख छ । उनीहरुले हत्यामा संलग्नलाई पक्राउ गरी कार्वाही गराउँदै मानवअधिकारको रक्षा गरिदिनसमेत आग्रह गरेका छन्।

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

वि.सं.२०८१ असार ५ बुधवार १०:२१

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल...

वि.सं.२०८१ असार ५ बुधवार ०९:४५

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल...

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख सचेतक बर्तौला

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३७

  काठमाडौं . सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल...

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

वि.सं.२०८१ असार ४ मंगलवार १०:०५

  काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको...

वि.सं.२०८१ असार ३ सोमवार २१:३५

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ...