Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

जापानी प्रविधि कम्पनी हिताचीले बनायो तिव्र गतिको इलिभेटर

Machhapuchchhre Bank Limited

२० जेठ, काठमाडौँ-  जापानी प्रविधि कम्पनी हिताचीले सबैभन्दा तिव्र गतिको इलिभेटरको विकास गरेको छ । प्रति घण्टा ७५ किलोमिटरको गतिमा चल्ने उक्त इलिभेटर एक मिनेटमै १२ सय ६० मिटर चल्दछ ।

चीनको ग्वांजाउस्थित सिटिएफ फाइनान्स सेन्टरस्थित ५ सय ३० मिटर अग्लो गगनचुम्बी भवनमा जडान गरी यो इलिभेटरको परीक्षण गरिएको छ । त्यसक्रममा यो उल्लेखित गतिमा चलेको थियो ।

गत मे महिनामा यसको परीक्षण जडान गरिएकोमा अहिले उक्त गगनचुम्बी भवनमा यो इलिभेटरको अन्तिम जडान गरिँदैछ ।
कम्पनीका अनुसार गगनचुम्बी भवनमा पूर्णरुपमा जडान गरेसँगै यो इलिभेटरमा अझै बढि गति प्राप्त हुनुका साथै कन्ट्रोल युनिटहरु तथा सेफ्टी डिभाइसहरु समेत परिस्किृत रहनेछन् ।

चीनमा इलिभेटरको गति, गुणस्तर तथा सुरक्षाको प्रमाणिकरण गर्ने सार्वजनिक संस्था नेसनल इलिभेटर क्वालिटी सुपरभिजनले यसलार्य अहिलेसम्मकै तिव्र गतिको इलिभेटरको रुपमा प्रमाणित गरिसकेको छ ।

यो इलिभेटरको अधिकतम गति ७५ किलोमिटर प्रतिघण्टा रहेतापनि यसलाई ग्वान्जाउको उक्त गगनचुम्बी महलमा ७२ किलोमिटर प्रतिघण्टाको गतिमा मात्र चलाइनेछ । यो सँगै विश्वका टप टेन हाइ स्पिड इलिभेटरमध्ये ५ वटा चीनमै हुनेछन् ।

विश्वका टपटेन उच्च गतिका इलिभेटर निम्नानुसार रहेका छन् ।

१. सिटिसी फाइनान्स सेन्टर, ग्वान्जाउ, चीन – ७५.६ किलोमिटर प्रति घण्टा

२. सांघाइ टावर, चीन – ६९ किलोमिटर प्रति घण्टा

३. ताइपेइ १०१, ताइवान – ६१ किलोमिटर प्रतिघण्टा

४. योकोहामा ल्याण्डमार्क्र टावर, जापान – ४५ किलोमिटर प्रतिघण्टा

५. बुर्ज खालिफा, दुबई, युएइ – ३५ किलोमिटर प्रतिघण्टा
६. सनसाइन ६० बिल्डिङ, टोक्यो जापान – ३५ किलोमिटर प्रतिघण्टा

७. सांघाइ वल्र्ड फाइनान्स सेन्टर, चीन – ३५ किलोमिटर प्रतिघण्टा

८. चाइना वल्र्ड ट्रेड सेन्टर टावर तेश्रो, बेइजिङ, चीन – ३५ किलोमिटर प्रतिघण्टा

९. जोन ह्यान्कक सेन्टर, शिकागो, अमेरिका – ३३ किलोमिटर प्रतिघण्टा

१०. जिन माओ टावार, सांघाइ चीन – ३२ किलोमिटर प्रतिघण्टा

क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले दिए विशेष छुट र अफर

क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले...

वि.सं.२०८१ माघ २५ शुक्रवार २१:४४

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि...

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री...

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:४३

  काठमाडौँ। एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो...

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

वि.सं.२०८१ असोज १९ शनिवार २१:३४

  काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य ११,९९० मात्र  नेपाली बजारमा

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती...

वि.सं.२०८१ भदौ ३१ सोमवार ०७:५३

  काठमाडौं । स्पार्क गो वानले तपाईंलाई चाहिने सबै कुराहरू...

आइएमई पेले गर्‍यो सामसुङको सम्पूर्ण मोबाईलहरुमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध

आइएमई पेले गर्‍यो सामसुङको सम्पूर्ण मोबाईलहरुमा ‘बाइ...

वि.सं.२०८१ भदौ २५ मंगलवार २३:०५

  काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत्...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

वि.सं.२०८१ भदौ २१ शुक्रवार ०९:११

काठमाडौं । नेपाल सरकारले संगीता पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा...