Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मेरा निम्ति मतदाताहरु विपक्षी हुने छैनन्- नवराज संजेल

वि.सं. २०४० वैशाख २७ गते पिता शालिकराम संजेल र माता गोमा संजेलको कोखबाट ललितपुरको वाग्मती गाउँपालिका वडा नं. ७ मा जन्मिएका नवराज संजेल  सानैदेखि तीक्ष्ण र दुरदर्शी स्वभावका थिए । ०५२ सालमा अनेरास्वियु नेकपा एमालेका विभिन्न तहका संगठन रही काम गर्नुभएका संजेल गत वैशाख ३१ गतेको स्थानीय निर्वातनमा वाग्मती गाउँपालिकाबाट वडा नं ७ गिम्दीबाट वडाध्यक्षमा अत्याधिक बहुकतले विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको रिजेन्ट इन्टरनेसनल स्कुलका सञ्चालक रहेका उनै वडाध्यक्ष सञ्जेलसँग पत्रकार  सन्तोष दाहालले गरेको कुराकानी।

१. २० वर्षपछी सम्पन्न स्थानीय निर्वाचनबाट वडाध्यक्षमा बहुमत हासिल गर्दा कस्तो अनुभव भएको छ ?

धेरै लामो समयपछि स्थानीय चुनाव सम्पन्न भएको छ । स्थानीय निकालयले जनताबाटै निर्वाचित जनप्रतिनिधि पाएको छ । जसलाई स्थानीय सरकार परिभाषित गरिएको छ । वडाध्यक्ष भनिएतापनि जिम्मेवारीको हिसाबले यसले पहिलेको वडाध्यक्षभन्दा धेरै बढी कामहरु गर्ने अधिकार प्राप्त गर्दछ । तसर्थ यस निर्वाचनपश्चात धेरै ठूलो र महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको महशुस गर्दैछु ।

२. वडा नं ७ को विकासका लागि तपाइका योजना र एजेण्डाहरु केके छन् ?

साविकको गिम्दी गाविसलाई भौगोलिक हिसाबले हेर्दा काठमाडौँ उपत्यका भित्रको कर्णालीको रुपमा चिनिन्छ । यहाँ धेरै समस्या र चुनौतीका साथै विकासका सम्भावनाहरु पनि छन् । समस्या र चुनौतीलाई अवशरको रुपमा लिएर अघि बढ्ने म र सिँगो मेरो टिमको योजना रहेको छ । सिँगो बाग्मती गाउँपालिकाका सन्दर्भमा  हाम्रो पार्टीले तयार पारेको घोषणापत्रलाई पूर्णरुपमा पालना गर्ने घोषणा  गर्दै यस वडाका वासिन्दालाई केन्द्रमा राखेर वडावासीका सुखदुखमा साथ दिने वचनवद्धता हामी व्यक्त गर्दछौ । जसका बुँदाहरुलाई निम्नानुसार उल्लेख गरेका छौ ।

–वडाभित्र रहेका सम्पूर्ण विद्यालयको स्तरोन्नति गर्दै यहाँको शैक्षिक विकासलाई दक्षिण पहाडकै नमुना शैक्षिक हव वनाउने र बालमैत्री शिक्षा सञ्चालनको व्यवस्था मिलाउने ।

–स्वास्थ्य नै धन हो भन्ने नारालाई आत्मसाथ गर्दै समयसमयमा स्वास्थ्य शिविर सञ्चालन गरी गिम्दीमा कम्तीमा दश वेडको अस्पताल सञ्चालन गरी पार्टीकै  नीतिबमोजिम एक गाउँ एक डाक्टर स्थापना गर्ने ।

–एक घर एक धाराको अवधारणा अनुसार गिम्दीको पानीको मुहान संरक्षण गर्दै श्रोत बढाउने, २ वर्षभित्र गिम्दीलाई खानेपानी समस्यामुक्त क्षेत्र घोषणा गर्ने ।

–खुल्ला दिशामुक्त क्षेत्रको नियमित अनुगमन गर्ने ।

–युवाशक्तिलाई गलत बाटोबाट मुक्त गर्दै सामाजिक कार्यमा परिचालन गराउन गोष्ठी तथा तालिमको व्यवस्था मिलाईने ।

–खेलकुदको क्षेत्र विकास गरी युवाहरुले राष्ट्रिय अन्तराष्ट्रिय  क्षेत्रमा नाम राख्न विशेष प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने ।

–सुभानेदेखि कटुवा, नागटार र खैरेखोलासम्मको सडकलाई स्तरोन्नति गरी कम्तीमा ३ वर्षमा कालोपत्रे गरिने । सबै वस्तीमा सडक सञ्जाल विस्तार गरिने ।

–गिम्दीका हरेक घरमा केन्द्रीय विद्युत लाइन विस्तारलाई प्राथमिकतामा राखिने ।

–यहाँ रहेका हरेक धार्मिक मठमन्दिर, सांस्कृतिक गुम्बा तथा गुफलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरी मगरगाउँ क्षेत्रलाई जातीय पहिचान गराई होमस्टेको रुपमा विकास गर्ने ।

–वडाभित्र रहेका वृद्धवृद्धा तथा  ज्येष्ठ नागिरकलाई समय गुर्जानको लागि सत्सङ भवन तथा जेष्ठ नागरिक भवन निर्माण गर्ने ।

–कृषि आधुनिकीकरणमा जोड दिँदै वडाको कृषि उत्पादन वृद्धि गर्न बजार तथा सिँचाई सुविधा विस्तार गरिने ।

३.वडाभित्रका समस्या र चुनौतीहरु केके छन् ?

समस्या र चुनौती धेरै छन् । त्यहीभित्र सम्भावना पनि छन् । चुनौतीलाई अवशरको रुपमा लिएर हामी अधि बढ्छौ । विकट क्षेत्र भएकाले सडक सञ्जाल, खानेपानी, स्वास्थ्य सेवा, शिक्षाको गुणस्तर, सामाजिक सांस्कृतिक चेतनाको अभाव, परम्परागत कृषि र आधुनिकीकरण र प्रविधिको अभाव जस्ता तत्कालीन समस्या तथा चुनौतीहरु रहेका छन् ।

४.विपक्षी दल तथा मतदाताहरुलाई अब कसरी समेट्नु हुन्छ ?

मेरा निम्ति मतदाताहरु विपक्षी हुने छैनन् । राजनीतिक दलका उम्मेदवार नेता तथा कार्यकर्ताहरु मेरै क्षेत्रका जनता हुन् भनेर सम्मानजनक व्यवहार गर्छु । निरन्तर रुपमा यहाँको विकास र विस्तारमा सक्रिय हुनेछु । जसमा राजनीतिक पार्टी, जाति,भाषा र धर्मको आधारमा विभेद नगरी समावेशी ढङगबाट अगाडि बढ्छु ।

५.आफुलाई अमुल्य मत दिएर विजयी गराउने मतदातालाई के भन्नुहुन्छ ?

स्थानीय निर्वाचनमा वडा नं ७ बाट अमुल्य मत दिएर म र मेरो प्यानललाई अत्याधिक मतले विजयी गराउने मतदाताहरुलाई हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दै गिम्दीवासी जनताको निम्ती हरेक दुखसुखमा साथ दिदैँ वर्तमान परिस्थितीलाई विकाससँग जोड्दै जनताको जीवनस्तर र जीवनशैलीलाई उकास्दैँ मेरो ५ वर्षे कार्यकाल जनअपेक्षामुखी बनाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

साभार : छलफल साप्ताहिक

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

वि.सं.२०८२ असार ६ शुक्रवार १४:५६

  काठमाडौं । चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ...

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैया नगद पुरस्कार र सहभागी सबैलाई उपहार

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड...

वि.सं.२०८२ असार १ आइतवार १८:५७

  काठमाडौं । अब एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही...

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित कठीन अफ-रोड गन्तव्यहरूमा पुग्ने विश्व कै पहिलो पिकअप

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित...

वि.सं.२०८२ जेठ २८ बुधवार १७:४३

    काठमाण्डौ- २८ जेठ २०८२- नेपालमा भर्खर भित्रिएको पिकअप...

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १०...

वि.सं.२०८२ जेठ १९ सोमवार २३:३३

  काठमाडौं । आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह...

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने, २०० भन्दी बढीकाे सहभागिता रहने

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ...

वि.सं.२०८२ जेठ १६ शुक्रवार ०८:२३

  काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल...

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल...

वि.सं.२०८२ जेठ १५ बिहीवार २१:३६

  काठमाडौं । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति...