Nabil Bank
prabhubank
nic bank

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा बढाइयो

मिडिया स्पेस सोलुसन्स प्रालि

२ असार, चितवन– दुर्लभ वन्यजन्तुको बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २० दशमलव ६३ वर्गकिलोमिटर बढाइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो ।

यसअघि निकुञ्जको क्षेत्रफल ९ सय ३२ वर्गकिमी रहेकामा ३८ वर्षपछि क्षेत्रफल थपिएर अहिले ९ सय ५२ दशमलव ६३ वर्गकिमी भएको सूचना अधिकारी अर्यालको भनाइ छ । निकुञ्ज स्थापनापछि क्षेत्रफल वृद्धि भएको यो दोस्रो पटक हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सीमा हेरफेर गरिएको जनाइएको छ ।

विसं २०६० तिर निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने पदमपुर गाउँलाई स्थानान्तरण गरिएको थियो । सरकारले स्थानान्तरण गरेको पुरानो पदमपुर क्षेत्रलाई जोडेर निकुञ्जको सीमा बढाइएको अर्यालले जानकारी दिनुभयो ।

निकुञ्ज स्थापना हुँदा २०३० सालमा ५ सय ४४ वर्गकिमी क्षेत्र थियो त्यसको पाँच वर्ष पछाडि २०३५ सालमा क्षेत्रफल वृद्धि गरी ९ सय ३२ वर्गकिमी बनाइएकामा ३८ वर्षपछि क्षेत्रफल पुनः बढेको निकुञ्जले जनाएको छ ।

चितवन निकुञ्ज विश्व संरक्षण सूचिमा छ । नेपालको पहिलो संरक्षित क्षेत्र चितवन निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तुको मुख्य वासस्थान क्षेत्र भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । भौगोलिक बनावट पनि विश्वकै लागि फरकखालको रहेको उहाँको भनाइ छ ।

क्षेत्रफल बढेसँगै वन्यजन्तुको संरक्षणमा थप टेवा पुग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा शाखाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउनुहुन्छ ।

चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लामा पर्ने निकुञ्जमा पछिल्लो गणनाअनुसार गैँडा ६ सय ५, बाघ एकसय २०, गौरीगाई तीनसय ६८ छ । अहिले संख्या वृद्धि भइरहेको छ । अन्य सयौँ वन्यजन्तु चरा र विभिन्न प्रजाति निकुञ्जमा छन् । यसको मध्यवर्ती क्षेत्र भने ७ सय २९ वर्गकिमी छ । – रासस

देशको आर्थिक विकासका लागि ग्रील तथा स्टीलजन्य व्यवसाय अपरिहार्य : मन्त्री तामाङ

देशको आर्थिक विकासका लागि ग्रील तथा स्टीलजन्य...

वि.सं.२०८१ वैशाख २३ आइतवार ०८:३१

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित...

नेपाली चिया चाँडै विश्व बजारमा ब्रान्ड बन्नेछ : उदय चापागाइँ

नेपाली चिया चाँडै विश्व बजारमा ब्रान्ड बन्नेछ...

वि.सं.२०८१ वैशाख १५ शनिवार १०:१८

  –नेपालको चिया क्षेत्रमा राजनीति हस्तक्षेप छ । –नीजि क्षेत्रका...

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न नसक्नु दुखद्’

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न...

वि.सं.२०८१ वैशाख ८ शनिवार २२:४९

  संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले नेपाल आफै...

नर्सरी व्यवसायको प्रवद्र्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

नर्सरी व्यवसायको प्रवद्र्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

वि.सं.२०८० चैत १३ मंगलवार २०:०४

  काठमाडौं । नर्सरी व्यवसायी संघले नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ...

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण बनाइदिन निजी क्षेत्रद्वारा संयुक्त अपिल

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण...

वि.सं.२०८० चैत १ बिहीवार १७:०४

  ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसस्थाले पाथीभरा...

शिवरात्रीमा पथिल होलिडेज र ‘ट्रीप टू टेम्पल्स’द्वारा १५० भारतीयलाई कैलाश-मानसरोवर दर्शन

शिवरात्रीमा पथिल होलिडेज र ‘ट्रीप टू टेम्पल्स’द्वारा...

वि.सं.२०८० फागुन २५ शुक्रवार २०:०६

काठमाडौं । महाशिवरात्रीको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल...