Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

मेयर पदका उम्मेदवारको घरमा बम विस्फोट

Machhapuchchhre Bank Limited

११ असार, मोरङ – मोरङको उर्लाबारी नगरपालिकाका मेयर पदका उम्मेदवार खड्ग फागोको घरमा बम विस्फोट भएको छ । शनिबार राति २ : ३० बजेतिर नेपाली कांग्रेसका उम्मेदवार फागोको घरमा बम विस्फोट भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

विस्फोटबाट ठूलो क्षति भने हुन नपाएको उनले बताए । घटनाको प्रकृति हेर्दा टाइम बम हुन सक्ने प्रहरीले आशंका गरेको छ । बम कसले र किन राखेको हो भन्नेबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

थापाले चुनाव बहिष्कार गर्दै आएको समूहले विस्फोट गराएको हुन सक्ने आशंका जनाए । उनले चुनावी वातावरण बिथोल्ने उद्देश्यले विस्फोट गराएको भए पनि सुरक्षामा कुनै कमि नआउने दाबी गरे ।

बम विस्फोटलगत्तै उठेर हेर्दा घटनास्थल वरिपरि कोही नदेखिएको उम्मेदवार फागोले बताए । उनले आतंकित पार्न जोकोहीले बम विस्फोट गराए पनि आफू विचलित नभएको बताए । उनले विस्फोट गराएर सर्वसाधारण जनता र उम्मेदवारलाई प्रभावित पार्न खोजे पनि ढुक्क भएर चुनावी गतिविधिमा लाग्न उर्लाबारीका मतदातालाई आग्रह गरे । उनले आफ्नो घरमा बम विस्फोट गराउनेको तत्काल पहिचान गरी कानुनअनुसार कार्बाही अघि बढाउन आग्रह गरे । उनले यस्ता गतिविधिले सर्वसाधारणमा नकारात्मक असर पर्ने भएकोले सुरक्षा व्यवस्था भरपर्दो बनाउन प्रहरी प्रशासनसमक्ष माग पनि राखे ।

निर्वाचन प्रचारप्रसार समिति संयोजक केशव कार्कीले पराजित मानसिकताबाट ग्रसित पार्टीले यस्तो घृणित कार्य गराएको टिप्पणी गरे । उनले भने,‘हाम्रा उम्मेवारको घरमा जुन पार्टीले बम विस्फोट गराउन लगाएको हो, जनताले उसको मूल्यांकन गर्नेछ । विस्फोट गराएर हाम्रो चुनावी गतिविधिलाई प्रभावित पार्न खोजेको होला । तर, यसले केही फरक पादैन ।’कांग्रेस आइतबार दिउँसो उर्लाबारीको बरगाछी चौकमा चुनावी आमसभा गरेको छ । सभालाई सम्बोधन गर्न केन्द्रीय सदस्यहरु शेखर कोइराला, महेश आचार्य र जिल्ला सभापति डिकबहादुर लिम्बू उर्लाबारी आउँदैछन् ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...