Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

अपाङ्ग मियाँको दैनिक गुजाराको साधन बन्यो ट्राइसाइकल

Machhapuchchhre Bank Limited

 

गौतम श्रेष्ठ  / ११ असार, रौतहट- गौर नगरपालिकाको झुनखुन्वाका ६५ वर्षीय बदरी मियाँको जीवनको सहारा बनेको छ एउटा ट्राइसाइकल (तीन चक्के सवारी साधन) । अपाङ्गता भएका मियाँको दैनिकी गुजाराको खर्च उनको ट्राइसाइकलले धानेको छ । उनको एउटा खुट्टा अपाङ्ग छ ।

 

बदरी मियाँ र उनकी श्रीमती सबिदा खातुन दुवैको उमेर ६० वर्ष भन्दा माथि छ । तर, अझै पनि दुवै दम्पती दैनिक पाँच किलोमिटर टाढा रहेको भारतीय बजार बैरगनिया पुग्छन र बिस्कुटका केही प्याकेटहरु बोकेर झुनखुन्वा र्फकन्छन । बिहान सबेरै सात बजेबाट शुरु हुने मियाँ दम्पतीको जीवन निकै संघर्षपूर्ण छ ।

पाँचदेखि सात प्याकेटसम्म बिस्कुटका काटुन रिक्साको अगाडि र पछाडि बाँधेर मियाँ ट्राइसाइकलमा बस्छन र हातले पाइडल घुमाउन थाल्छन । रिक्साको पछाडिबाट सबिदा सकिनसकि रिक्सा ठेल्छिन ।

 

पर्वको बेला छ काम नगरे गुजारा चल्दैन : बदरी मियाँ

गौर भन्सार क्षेत्रमा भेटिएका बदरी मियाँलाई बुढेसकालमा पनि मिहनेत गरेको देखेर उनको कामको बारेमा सोध्दा आफूले नसकेपनि मजबुरीमा सामान क्यारियरको काम गरिरहेको बताए । ‘ईदको बेला छ, दिनभरी व्रत गर्छौ त्यसैले बिहान र बेलुका केही बेर बिस्कुटका प्याकेटहरु बैरगनियाबाट ल्याएर गौर र आˆनै गाँउको चोकमा रहेको पसलेलाई बेच्छौं ,’ ट्राइसाइकलमा सामान मिलाउदै गर्दा मियाँले भने ‘काम नगरे पर्वका बेला के खाने ? जकात पनि दिनुपर्छ त्यसैले केही रकमको जोहो गर्दैछु ।’

रमजान महिनाको व्रत समेत गरेका दुवै दम्पतीले दिनभरीमा पाँच सय जति कमाउने गरेको बताए । ‘झण्डै २० किलोमिटर दैनिक हिडदा हात खुट्टा गल्छ । उहाँ साइकलमा बसेर हृयाण्डल समाउनु हुन्छ । म बिस्तारै साइकल ठेलेर गुडाउछु ,’ आफै पनि वृद्धा भइसकेकी सबिदा भन्छिन,’बजार टाढा छ । सामान ल्याउन गाह्रो छ तर पेट पाल्न काम गरिरहेका छौं ।’

गरिब परिवारका यी दुई दम्पतीनै एक अर्काका लागि सम्पत्ती बनेका छन । सन्तान नभएका कारण आफूहरुलाई बुढेसकालमा गाह्रो भएको र अरु कुनै आयश्रोतको सहारा नभएकाले ट्राइसाइकलमा सामान ओसारेर जीवन चलाउनु परेको उनीहरुले बताए ।

साभार  अनलाईन खबर

प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

वि.सं.२०८१ चैत ४ सोमवार २२:५५

काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा दीपक थापा...

नवदुर्गा टोल सुधार सेवा समाजको छैठौं साधारण सभा सम्पन्न

नवदुर्गा टोल सुधार सेवा समाजको छैठौं साधारण...

वि.सं.२०८१ चैत ४ सोमवार ०८:४७

  काठमान्डाै। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सात स्थित नबदुर्गा...

दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग बढ्दो, माग ३० प्रतिशतले बृद्धि

दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग बढ्दो, माग...

वि.सं.२०८१ फागुन २९ बिहीवार २०:४०

  काठमाडौं । दक्षिण अफ्रिकाका सवारी साधन मालिकहरू विलासी कारहरू...

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा सम्पन्न

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा...

वि.सं.२०८१ फागुन २५ आइतवार २१:५२

  काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औँ वार्षिक साधारण...

सामसङले नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर सार्वजनिक

सामसङले नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर सार्वजनिक

वि.सं.२०८१ फागुन २५ आइतवार २१:०८

  काठमाडौं । गर्मीको मौसमलाई ध्यानमा राख्दै सामसङले नयाँ बिस्पोक...

Pradip Pariyar Appointed to World Economic Forum’s Global Future Council on Leadership

Pradip Pariyar Appointed to World Economic Forum’s...

वि.सं.२०८१ फागुन १८ आइतवार २०:३३

  Kathmandu. Dalit rights activist Pradip Pariyar has been appointed...