Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा सक्रिय नेताले यसरि गरे मतदान

१४ असार, कंचनपुर – दुई दशकपछि आज हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सुदूरपश्चिमभर शान्तिपूर्ण वातावरणमा भइरहेको छ ।

बिहान भएको वर्षाका कारण केहीबेर कैलाली र कञ्चनपुरमा सामान्य प्रभावित बने पनि मतदान गर्न हौसिएका मतदाता पानीको प्रवाह नगरी मतदानस्थल पुगेका छन् । यहाँका सात पहाडी जिल्लामा पनि शान्तिपूर्ण वातारणमा मतदान भइरहेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले बताए ।

“सबै जिल्लामा शान्तिपूर्ण माहोलमा मतदान भइरहेको छ”, उनले भने, “मतदानस्थलमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।”

सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा सक्रिय रहेका विभिन्न राजनीतिक दलका नेताले समेत आ–आफ्नो मतदानस्थल पुगेर मतदान गरेका छन्। सुदूरपश्चिमको पहाडी जिल्ला अछाम पुगेर नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मतदान गरेका छन् । उनले साँफेबगर नगरपालिका–६ स्थित चन्द्रोदय आधारभूत माविमा रहेको मतदानस्थल पुगेर मतदान गरे । उनले सो मतदान केन्द्रमा पहिलो मतदान गरेको युवा सङ्घ नेपालका केन्द्रीय सचिब वचनबहादुर सिंहले जानकारी दिए।

त्यसैगरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको महाकाली नगरपालिका–५ मा रहेको अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय परिसरमा रहेको मदतान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आज बिहान मतदान गरे भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले भीमदत्तनगरपालिका–२ उल्टाखामस्थित सरस्वती माविमा पुगेर मतदान गरेका छन् ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लेखराज भट्टले कैलालीको अत्तरिया नगरपालिका–१ स्थित घण्टेश्वर माविमा रहेको मतदानस्थलमा पुगेर मतदान गरेका छन् ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्त चन्दले बैतडीको सुर्नया गाउँपालिका–२ वासुदेव माविमा पुगेर मतदान गरेको राप्रपाका नेता हेमबाबु लेखकले बताए । -रासस 

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...