सबै मतदान केन्द्रमा अहिले उत्साहजनक रुपमा मतदान कार्य जारी

Wednesday Jun 28, 2017
वि.सं.२०७४ असार १४ बुधवार ०७:३९

१४ असार, काठमाडौँ- स्थानीय तहका सबै मतदान केन्द्रमा अहिले उत्साहजनक रुपमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रवक्ता सूर्यप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक तवरबाट मतदान भइरहेको जनाएका छन् । आयोगका अनुसार बुधबार बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा बिहान ११:३० बजेसम्म करिब ३३ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।