मार्मीक गित ‘भेट हुँदैन् होला सार्वजनिक
Wednesday Jun 28, 2017
वि.सं.२०७४ असार १४ बुधवार ०७:५९
१४ असार, काठमाडौं – पछिल्लो समय लोकगित संगितहरुले बजारमा राम्रै चर्चा पाएका छन् । यसैबीच हालसालै मात्र लोकगित संगितको क्षेत्रमा एक मार्मीक गित सार्वजनिक भएको छ । नवगायिका मनिषा शर्मा र शब्द संकलक शंकर ढकालको मार्मिक गित ‘भेट हुँदैन् होला …’ युटुब मार्फत सार्वजनिक गरिएको हो ।
ढकालको लय, शब्द तथा स्वर रहेको उक्त गितमा नवगायिका शर्माले साथ दिएकी छिन् । गितमा माया, प्रेममा परेका जोडीहरुबीचको बिछोड हुनुपर्दाको पीडा चित्रण गरिएको छ ।
प्रेममा धोका खाए पश्चात मायालु जोडीहरु कतिसम्म भावुक हुन्छन् भन्ने गितले देखाउँछ । काठमाडौं र आसपासका लोभलाग्दा दृश्यहरु कैद गरिएको भिडियोमा मोडलहरु विनोद ढकाल, दिपक खत्री र उस्मिता वगालेको अभिनय रहेको छ । म्युजिक ल्यावको प्रस्तुती रहेको म्युजिक भिडियोलाई मिलन कार्कीले निर्देशन तथा सम्पादन गरेका हुन् । प्रारम्भिक रुपमा गितले राम्रो प्रतिक्रिया पाएको छ ।